ललितपुर । साईबाबाको ८४ औं जन्मोत्सवमा आयोजकको भुमिका खेलेको श्री सत्य साई केन्द्र पाटनका अध्यक्ष नरेन्द्र तामाङ्गसँग साईबाबामा उठेका प्रश्नहरु लगायत कसरी शोभायात्रा सम्पन्न गरियो भन्ने सम्बन्धमा अनलाईन पत्रिकाका लागि सुविन श्रेष्ठले गरेको कुराकारीको सारसंक्षेप ।
१. नरेन्द्रजी बाबाको शोभायात्रा सम्पन्न भयो । कस्तो महसुस गर्नुभएको छ ?
बाबाको जन्मोत्सव सफल भयो । यो केन्द्रले अयोजना गरेर मात्रै होइन । सबै पक्षबाट उत्साहजनक सहभागिता जनाउनुभयो । त्यही भएकोले पुर्ण सफल भएको महसुस गरेका छौ । हामी मात्रै भएको भए आधा सफल हुन्थ्यो । तर सबैको उत्तिकै सहयोग र सहभागिताले बृहत रुपमा सफल भएको छ ।
२. बाबाको शोभायात्रामा विविध नाच समेत देख्न पाईयो । शोभायात्रामा नाचको संयोजन कसरी जुर्यो ?
स्थानीय महर्जन समूहबाट धिमेबाजाको कुरा आएको थियो । त्यो लगत्तै नाचको कुरा आयो । साथै बाबाका अनुयायीहरु फरक जातीका रहेका हुनाले सबै जातका संस्कृतिक नाच सहभागिता गराउने टुङ्गो लाग्यो र सहभागिता गरायौं । र लाग्छ नाचको सहभागिताले शोभायात्रामा सुगन्ध थपिएको छ ।
मलाई लाग्छ संस्थापक अध्यक्ष सिजन प्रधान र भूतपूर्व अध्यक्ष राजबहादुर गुरुङ्गलाई निद्रा समेत लागेन होला । हामी मात्रै भएको भए आधा सफल हुन्थ्यो । तर सबैको उत्तिकै सहयोग र सहभागिताले बृहत रुपमा सफल भएको छ ।
३. विगतमा शोभायात्रा त भएका थिएनन् तर यसपाली बाबाको जन्मोत्सव शोभायात्रा धुमधाम रह्यो किन ?
केन्द्रमात्र नभएर विश्वभर बाबाको जन्मोत्सव मनाउँदै आएको छ । बाबाको हरेक जन्मोत्सवलाई मनाउँदै आएको र यसपाली विशेष जन्मोत्सवको तयारी योजना भएकोले शोभायात्रा गरिएको हो । अझ सहभागिता बढोस् भन्ने उद्देश्यमा र ८५ औं वर्ष लागेको यो समयमा मनाउन बृहत बनाइएको हो ।
४. साईबाबाको ८४ औं जन्मोत्सवको शोभायात्रालाई शोभायामय बनाउनेमा कस-कसले महत्वपुर्ण भुमिका खेले ?
सर्बप्रथम यो प्रश्नको लागि आभारी छु । किनभने एक/दुईजनाको सहयोगले शोभायात्रा सम्पन्न भएको थिएन । हाम्रा केन्द्रका कतिपय सहयोगीहरु स्थानीय समुदायलगायत वर्तमान पदाधिकारीहरुले शोभायात्राका निकै कसरत र मिहिनेत गरेका छन् । मलाई लाग्छ संस्थापक अध्यक्ष सिजन प्रधान र भूतपूर्व अध्यक्ष राजबहादुर गुरुङ्गलाई निद्रा समेत लागेन होला । शोभायात्रालाई धुमधाम बनाउनेमा हप्तौ अघिबाट योजनाहरु बनेका थिए । शोभायात्रालाई नयाँपन दिनका लागि वहाँहरुले विशेष व्यवस्थालगायत निकै ठूलो योगदान समेत दिनुभएको छ । साथै हाल केन्द्रका पदाधिकारीहरु लगायत विधिविधान र पूर्व अध्यात्मिक सल्लाहकार जगमान गुरुङ्ग , अध्यात्मिक संयोजक अनुराधा काफ्ले, सेवा संयोजक रमिला आचार्य मात्रै नभएर विभिन्न शाखा इकाईका संयोजकहरुको साथ र सहयोगले शोभायात्रा शोभायमान रहेको बताउन चाहन्छु ।
५. साईबाबाका कतिपय विवादित कुराहरु हाल प्रचारमा छन् । यसलाई कसरी हेर्नुहुन्छ ?
बाबाको यो प्रचारमा कतै हामी नराम्रो बाटोतिर लागेका त छैनौ भनेर लाग्न सक्छ । तर यथार्थ फरक छ । बाबाको कृपाले औठी माला र विभुती दिइएको देखाइएको छ तर एउटा मान्छेको ह्द्धिय परिवर्तन गर्न सक्ने आस्था र विश्वासलाई कतै उठाइएको छैन न कतै विवादित छ । यसर्थ बाबाबाट हुने चमत्कारभन्दा पनि आस्थामा विश्वास गर्न सकियो भने जीवन सफल पार्न सकिन्छ ।
Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this