Banner

तीन दशकभन्दा बढी प्राध्यापनमा पेशामा गुजारेका त्रिपद्म विद्याश्रम उच्च माविका प्रमुख माधव प्रसाद पाण्डे अमेरिका पुगेर फर्किए । अमेरिकी सपना मोहमा नअल्झिएका पाण्डेसंग अमेरिका सेरोफेरोमा रहेर अनलाईन पत्रिकाका सुविन श्रेष्ठको साथमा संवाददाता शोभा ठकुरीले गरेको साक्षात्कारको सारसंक्षेप ।

धादिङ छत्रेदेउरालीमा २००९ बैशाख ९ मा  आफ्नो जीवनकाल आरम्भ गर्नुभएका माधव प्रसाद पाण्डे हालै छोरी सुसन पाण्डे जोशी र ज्वाँई माधवराज जोशीको निम्तोमा अल्पकालीन अमेरिका भ्रमणपश्चात् नेपाल फर्कनु भएको छ । झण्डै डेढ महिनाको अमेरिका बँसाई रमाइलो र उत्साहपूर्ण रहेकोमा हर्षित बनेका पाण्डे अमेरिकाका जनताको जीवनस्तर र सभ्यताप्रति सकारात्मक विचार व्यक्त गर्नुभयो ।

अमेरिकामा फरक देशका मान्छेहरुको मिलनसार बानीले बढी राम्रो लागेको रहेछ वहाँलाई । यात्रालाई रोमााचक शैलीमा भन्नुभयो । सबैको सपना बनेको अमेरिका सबैलाई जाने मौका मिल्दैन  । मलाई जान नदिए हुन्थ्यो भन्ने भएको थियो । भीसा प्रकि्रयाको छनौट चरणमा कुर्दाको अनुभवलाई मिसाउँदै भन्नुभयो । जे होस् एकपटक पुगेर आउनुपर्ने ठाउँ रहेछ । फेरि भ्रमणमात्रको चाँजोपाजोमा अमेरिका पुग्नुभएका वहाँलाई राम्रो बँसाई लम्बाउने कामहरु पनि मिलेको थियो । अमेरिका गएर नफर्किएका समाजका अरु वरिष्ठ र चर्चित कलाकार खेलाडीहरु पनि पर्छन् । उनीहरुका पदचापलाई त्यागेका पाण्डेको सिर्फ एकै निष्कर्ष्रमा अडित हुनुभयो । मलाई डलरसंग मोह छैन । मलाई नेपाल नै मनपर्छ । यस्तै ईज्जतका पोकालाई जोगाउँदै राम्रो अवसर त्यागेर उही नेपाली माटोमा फर्किएका पाण्डे स्वतन्त्र र आफ्नो मेहनतमा विश्वास राख्नुहुन्छ । विदेशमा गएर खटानमा रहनुपर्छ । आफ्नै देशमा स्वतन्त्र छ अनि निडर भएर रम्न पाईन्छ ।

नेपालमा घोकन्ते विद्या र अमेरिकामा प्रयोगात्मक अध्ययन

नेपालमा आफ्नो घर जग्गा बन्धकी राखी अमेरिकातिर उड्नेको भीड कम छैन । तर अमेरिका पुगेपछि होटेलमा भाडा माँझ्ने र सामान्य कामलाई प्राथमिकता दिने गरेका यथार्थलाई औल्याउँदै काम गर्नको लागि विदेश होईन नेपालमा नै सम्भव रहेको बताउनुभयो । तर यहाँ सानातिना काम भनेर हेला गर्छन् । त्यसको उल्टो अमेरिकामा भने काम सानोतिनो भनेर बाँड्ने चलन छैन । उहाँको अनुभवमा अमेरिकी मानिसहरु सबैसंग हाँसेर बोल्छन् । अनि शिष्टाचारको भाषा प्रयोग गर्छन् । शिक्षण पेशाको दृष्टिले वहाँले अमेरिका र नेपालको शिक्षा नीतिमा निकै फरक देख्नु भएको रहेछ । अनलाईन पत्रिकाको यही प्रश्नमा वहाँले नेपालमा घोकन्ते विद्या बढी चलेको र अमेरिकामा प्रयोगात्मक अध्ययन रहेको बताउनुभयो । उनीहरु पढेको कुरालाई व्यवहारमा उतार्छन भने नेपालमा त्यस्तो परम्परा नरहेको बताए ।

नेपाली जीवन गोलमाल छ ।

अमेरिकामा बँसाईको क्रममा उहाँले धेरै नेपाली परिवारहरुलाई पनि भेट्नुभयो । तीनीहरुबाट पाएको आत्मिय सम्मान वहाँले अझै मनन गर्नुभएको रहेछ । अहिले विद्यालयको जिम्मेवारी रहेकोले फर्किएको बताउँदै गर्दा रिटायर पछि अमेरिकामा गएर बस्नुहुन्छ होला नी भन्ने प्रश्नमा कहिले काँहीं घुम्न त जान्छु तर सधैका लागि बस्न जान्न । भन्दै आफ्नो नेपाली हुनुको अठोट व्यक्त गर्नुभयो ।  अमेरिकाको उच्च जीवनशैली र सरल जीवन मा घुलमिल हुन गएका नेपाली नयाँ पुस्ताहरु त्यहाँको वातावरणमा भुल्ने गरेको बताए । फेरि यो अवस्थाले नयाँ पुस्ताहरु स्वदेश नफर्किने लत लागेको वहाँले नजिकैबाट नियाल्नुभएको रहेछ । यसैले त वहाँले अमेरिका र नेपाली जीवन तुलना गर्दे भन्नुभयो । नेपाली जीवन गोलमाल छ ।

अमेरिकाका मानिसहरुले समयको यति ख्याल गर्छन कि उनीहरु चिया पनि गाडी चलाउदै पिउँछन् । अमेरिका यादहरुलाई दैनिकी मा ढाल्दै अमेरिका एयरपोर्टको चेकिङदेखि लिएर अमेरिकाको सडक यात्रासम्मका रमाईला कुराहरु सुनाए । त्यति ठूलो शहरमा गाडी दुर्घटना र जामको दृश्य देख्न नपरेको उहाँले भन्नुभयो । त्यहाँको सडकमा बिना काम मानिसहरु हिडदैनन् । मानिस हेर्नको लागि सपिङ सेन्टरहरुमा पुग्नुपर्छ । अमेरिका भ्रमण पश्चातको न्यानो सम्झनालाई संवादमा सुनाएपनि वहाँलाई एउटा कुराले पीर परेको रहेछ ।

सिष्टमेटिक बगैर हाम्रो देश कसरी व्यवस्थित बन्ला  ?

नेपाल अमेरिका जस्तो हुन अझै निकै वर्ष लाग्छ । किनभने नेपालमा तौर तरिका र व्यवहारितामा सुधार र सम्पुर्ण तहतप्का सिष्टमेटिक हुनु आवश्यक छ । यो बगैर हाम्रो देश कसरी व्यवस्थित बन्ला  ? वास्तवमा वहाँको यो प्रश्नमा अमेरिका विकास र व्यवहार समेटिएको थियो । जुन जायज पनि छ । त्यसोभए के साँच्चै नेपालको भविष्य उज्वल छैन त ?

 

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »