Banner

साहित्य

रुपिन्द्र प्रभावी, पोखरा । जीवन र जगतको यथार्थबोधका लागि अक्षरयात्रा  भन्ने मूल नारासहित पोखराबाट साचालित साहित्यिक अभियान अक्षरयात्राको हिरक शृङ्खला पोखराको काहुँखोलास्थित जनकल्याण समितिको सचिवालयमा सम्पन्न भयो ।

असोज १२, पोखरा । साहित्यकार इन्द्रकुमार बिकल्पलाई उहाँको स्वर्ण जन्मोत्सवको अवसर पारेर सम्मान गरिएको छ ।  पर्वत साहित्य संगमले साहित्यको क्षेत्रमा निरन्तर लाग्ने मोफसलको प्रतिभाको रुपमा  बिकल्पको स्वर्ण जन्मोत्सबको अबसर पारेर सम्मान गरिएको हो । बिकल्पलाई प्राज्ञ सरुभक्तले सम्मान पत्र प्रदान गर्नुभयो । कार्यक्रममा बोल्दै प्राज्ञ सरुभक्तले मोफसलमा रहेर साहित्यकर्ममा लाग्नु निकै चुनौतीपूर्ण काम भएको बताउनुभयो । उहाँले नेपाली भाषा साहित्यको बिकासका लागि पर्वत जिल्लामा रहेका साहित्यिक प्रतिभाहरुको ठूलो योगदान गरेको चर्चा गर्दै इन्द्रकुमार बिकल्पको साहित्यिक यात्राका बारेमा प्रकाश पार्नुभएको थियो ।

३  असोज, ललितपुर । लेखक, पत्रकार एवम् संस्कृति प्रवर्तक बुद्धाचार्य शाक्यको ७२ वर्षको उमेरमा निधन हुनुभएको छ । उहाँ पेटको समस्याबाट लामो समयदेखि पीडित हुनुहुन्थ्यो । ऐतिहासिक तथा धार्मिक अध्ययनमा रुचि राख्ने स्व। शाक्य ललितपुरको कात्तिकनाच प्रबन्ध समितिको संस्थापक हुनुका साथै सो ऐतिहासिक परम्पराको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

२८ भदौ, काठमाडौँ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि साझा प्रकाशन सचालक समितिका सदस्य नयनराज पाण्डेले आजबाट आमरण अनशन तोड्नुभएको छ । प्रधानमन्त्री भट्टराई आज बिहान अनशनस्थल रत्नपार्क पुगेर पाण्डेको मागप्रति सरकार सकारात्मक रहेको जानकारी दिनुभएको थियो ।

भक्तपुर । साहित्य कला र सङ्गीतको क्षेत्रका श्रष्टाहरुको विकासको लागि स्थापित सिर्जना अभियानले प्रथम वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका प्रमुख अतिथिमा चर्चित कवि एवं समालोचक हरि अधिकारी हुनुहुन्थ्यो । वहाँले साहित्यको विकासमा संस्थाहरुको महत्वपूर्ण भूमिका हुने भएकाले संस्थालाई दिगो रुपमा चलाउन आर्थिक श्रोततर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

१६ भदौ, काठमाडौं ।  त्रिमूर्ति निकेतनले आज एक कार्यक्रममा सातौं त्रिमूर्ति दिवस मनाएको छ । कार्यक्रममा नेपाल तथा भारतका छ महानुभावलाई पुरस्कार र सम्मान प्रदान गरियो ।  त्रिमूर्ति पुरस्कारबाट पुरस्कृत हुनेमा भारत दार्जीलिङका कृष्णिसंह मोक्तान र मोहन ठकुरी हुनुहुन्छ । यी पुरस्कारका राशि जनही रु. पच्चीस हजार छन् ।

दुर्गालाल श्रेष्ठलाई जगदम्बाश्री

काठमाडौं, भदौ ३ । यस पटकको मदन पुरस्कार साहित्यकार झमककुमारी घिमिरेलाई प्रदान गरिने भएको छ । 'जीवन : काँडा कि फूल' नामक आत्मकथात्मक कृतिका लागि उनलाई यो पुरस्कार प्रदान गर्न लागिएको छ । जगदम्बाश्री पुरस्कार भने नेपालभाषाका जनकवि दुर्गालाल श्रेष्ठलाई दिइने भएको छ । झमककुमारी घिमिरेको जन्म सन् १९८० मा कचिडे, धनकुटामा भएको हो ।

ललितपुर । झम्सीखेलको ज्ञानमण्डलमा भदौ १ गते बिहीबारदेखि अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन हुने भएको छ । बुकवर्म ट्रष्टको संयोजनमा हुने सम्मेलन ४ गतेसम्म चल्नेछ । ‘लेखक र पाठकबीचको सम्बन्ध बलियो बनाउन सम्मेलन गर्न लागिएको हो’ ट्रष्टका अध्यक्ष अजित बरालले भन्नुभयो-’भाषा साहित्यलाई प्रवर्द्धन गर्नु पनि सम्मेलनको उदेश्य हो ।’

पोखरा - अन्तरङ्गको २०औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिएको राष्ट्रव्यापी मुक्तक प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गर्दा सो विधाका विभिन्न व्यक्तित्व भदौं ९ गते सम्मानित हुनुहुने भएको छ । सो अवसरमा सम्मानित हुनेहरुमा मुक्तकका अभियन्ता एवम् रेडियो नेपालबाट विगतको १ दशक अघिदेखि विम्बप्रतिविम्ब कार्यक्रम सचालन गर्नुभई मुक्तकको विकास एवं विस्तारमा विशेष योगदान गर्नु भएका रमेश पौडेलका साथै ५ विकास क्षेत्रबाट मुक्तकमा स्थापित व्यक्तित्व बनाउन सफल हुनुभएका १- १ जनालाई सम्मानित गरिने भएको छ ।

काठमाडौं । साहित्य क्षेत्रलाई संरक्षण गर्दै लाने क्रममा विभिन्न देशमा नेपाली साहित्यकारहरु एकताबद्ध भइरहेका छन् । यसैबीच अमेरिकी र नेपाली स्रष्टाबीच नेपाली भाषा साहित्य तथा आपसी सम्बन्ध विकास गर्ने उद्देश्यले नेपाल अमेरिका स्रष्टा संघ गठन भएको छ ।

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »