साउदी अरेविया । कवि मोतीराम भट्टको १४५ औं जन्म जयन्तीको अवसरमा विश्व नेपाली साहित्य महासंघको दोस्रो शाखा स्थापना गरिएको छ । साउदीमा रहनुभएका मिडियाकर्मी सागर श्रेष्ठको संयोजकत्वमा सम्पन्न छलफलले संघको स्थापना भएको आधिकारिक घोषणा गरेको हो ।
महासंघले साउदी अरेवियामा रहनु भएका साहित्यिक सर्जकहरुलाई यस विश्व नेपाली साहित्य महासंघको शाखा स्थापना गर्नको लागी आह्वान गरिएको थियो । छलफल र बहसपछि गजलकार खगेन्द्र अधिकारीको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय प्रतिनिधीहरुको चयन गर्दै दोश्रो शाखा स्थापना गरिएको थियो ।
शाखाको खगेन्द्र अधिकारी 'अमृत' को अध्यक्षतामा सूर्य विक्रम याक्खा उपाध्यक्ष, पुष्पक वली महासचिव, कमल शाही निर्मल सचिव, रुपक दाहाल सहसचिव, दुर्गा बहादुर भण्डारी अर्थसचिव, राजु पौडेल अर्थ सहसचिवलगायत सदस्यहरुमा कुमार श्रेष्ठ पुर्ण गुरुङ्ग शिब बहादुर थापा राजेन्द्र महतो विष्णु प्रसाद चापागाई कृष्ण बहादुर सतुगे दिलकुमार श्रेष्ठ रहेका छन् भने सल्लाहकार सदस्यहरुमा सागर श्रेष्ठ (अन्तराष्टिय प्रतिनिधि तथा प्रमुख सल्लाहकार), छांयाचन्द्र भण्डारी, सुविन कुमार श्रेष्ठ, सुरज गिरी र सुश्री कोपिला राई हुनुहुन्छ ।
उक्त अवसरमा प्रवासी नेपाली डटकम मार्फत प्रत्यक्ष अपडेट गरिएको थियो भने विश्व नेपाली साहित्य महासंघका अध्यक्ष डा. मधुकृष्ण श्रेष्ठ मस्कोबाट, महासचिव विश्व तिगेला ब्रुनाईबाट टेलीफोन तथा कन्फरेन्स कल ईमले ईन्टरनेट मार्फत प्रत्यक्ष शुभकामना दिनुभएको थियो भने विभिन्न देशबाट विभिन्न साहित्यकारहरुले टेलिफोन इमेल च्याट तथा कन्फरेन्स मार्फत शाखाको सफलता तथा शुभकामना मन्तव्यहरु दिनुभएको थियो । नव गठित शाखाको केन्द्रिय पदाधिकारीहरुलाई उक्त अबसरमा सागर श्रेष्ठ ज्यूले सपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रमको अन्त्यमा उपस्थित साहित्यकारहरुले गीत गजल गाउदै मोतिराम भट्टको स्मरण समेत गरेका थिए ।

Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this