Banner

काठमाडौं । शब्दसागरको अंग्रेजी संस्करण नेपाली अंग्रेजी शब्दसागर र नेपाली अंग्रेजी संस्कृत शब्दसागरको लोकार्पण भएको छ । साहित्यिक व्यक्तित्वहरुको उपस्थितीमा शब्दसागर विमोचन भएको हो ।

सो विमोचन कार्यक्रमको प्रमुख अतिथि रहनुभएका त्रिभुवन विश्व विद्यालयका उपकुलपति माधवप्रसाद शर्मा र नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति विदुरप्रसाद पौडेलले शब्द सागर विमोचन गर्नुभएको थियो । सो अवसरमा कार्यक्रमका सभापति प्रा शिवगोपाल रिसालले 'शब्दकोश लेख्नु कठिन काम भएको' विचार राख्नुभयो भने विशिष्ट अतिथि प्रा.डा.चूडामणि बन्धुले 'दुवै शब्दकोशले महत्वपूर्ण स्थान बनाउने बताउनुभयो । उक्त अवसरमा शब्दकोशका सम्पादक वसन्तकुमार शर्मा नेपाल, पुण्यरश्मी खतिवडा र श्री विनयकुमार शर्माले पनि आफ्ना विचार राख्नुभयो । सो कार्यक्रममा श्री रामप्रसाद ज्ञवाली, बुनू लामिछाने, देवी नेपाल, भुवनहरि सिग्देल, ठाकुर शर्मा, नरेन्द्र पराशर र उर्मिला लामिछानेलगायतका कविहरुले कविता पाठ गर्नुभएको थियो ।

विमोचन भएका नेपाली अंगे्रजी शब्दसागरको पृष्ठ १४७६ छन् भने मूल्य १५००/- उल्लेख छ त्यस्तै नेपाली अंगे्रजी संस्कृत शब्दसागर पृष्ठ ८८४ पृष्ठ र मूल्य ८५०/- पर्छ ।

 

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »