Banner

असार ९, काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले आज प्रतिष्ठानका विभिन्न २५ जनालाई प्रज्ञासेवा पदक र दुईजनालाई दीर्घसेवा पदक प्रदान गरेको छ । प्रतिष्ठानको ५३ औँ स्थापना दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा प्रतिष्ठानका कुलपति तिलबिक्रम नेम्बाङ (वैरागी काइँला)ले उहाँहरूलाई सो पदक प्रदान गर्नुभएको हो ।

सोही अवसरमा कुलपति नेम्बाङले अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विभिन्न २६ जना र कविता प्रतियोगितामा सहभागी २४ जनालाई पुरस्कृत गर्नुभएको थियो । सो अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । यसैगरी यो वर्षको राष्ट्रिय कविता महोत्सवमा झापाकी लीला अनमोल प्रथम भएकी छन् । महोत्सवमा तेह्रथुमकी तुलसा पाठक द्वितीय र चितवनकी सिन्धु गौतम, अछामका भरतकुमार साउद र भक्तपुरका भोला धरातल तृतीय भएका छन्।

प्रतिष्ठानका कुलपति बैरागी कार्इंलाले कविता वाचन गरेर प्रारम्भ भएको महोत्सवमा तेह्रथुम, बागलुङ, रामेछाप, दोलखा, धादिङ, चितवन, अछामलगायत विभिन्न जिल्लाका ३५ जनाले आफ्ना रचना वाचन गरेका थिए । प्रतिष्ठान स्थापना दिवसको अवसर पारेर हरेकवर्ष राष्ट्रिय कविता महोत्सव आयोजना हुँदै आएको छ।


Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »