आवाज श्रेष्ठ । हिजो आज सब काम बिगिएको छ उसको । असफलता मात्रै चौतर्फी । नुन खाएको कुखुरा जस्तै झोक्राउनु कति कति । निरशताको जड मनैभरि उमि्रएका छन् । उजाड गतिविधिमा अल्झिनु बाध्यता उसको । आखिर केही कुनै काम किन बनेन उ प्रश्न गर्छ आपुूलाई पटक पटक । तर समाधानको बाटो सधैं अपुरो । जिन्दगीको सही गतव्य पहिल्याउन उ सकिरहेको छैन । उसको निश्कर्ष यो पनि ।
दशक बित्यो असफलताले पिछा कहिल्यै छोडेन उसलाई । बल्लतल्ल पछिल्लो सालमा फलामे ढोका नाध्यो उ । अथक प्रयासमा सफल बनेको प्रमाणले अब स्टिल दराज शोभायमान बन्यो । त्यसपछि भने त्यतिमा नै कलम कापी र पढाई खर्च जोगायो उसले । अब पढाईलाई त्यो भन्दा माथि लग्न चाहेन उसले । बरु कामकाजमा झुण्डिने उच्च विचारमा अडान लियो । तर काठमाडौंमा आफ्नो घरतिरका मामा र आफन्तका अफिस परिएनन् क्यारे । उसले कतैबाट पनि जागीरको संकेत देखेन । बिहान डेराबाट निस्कियो । बेलुका डेरामा फर्कियो । यो दैनिकीमा तलब पाक्ने काम कतैबाट जुरेन ।
अब उ बेकामे । पुर्ण बेकामे । डेरामा दिनभरि पल्टियो । हालखबर पनि बेकामको । केही दिनमा फेरि कम्मर कसेर जागिर खोजीमा व्यापक गर् यो उसले । खासमा उसको पहल चाहि राजधानी कुनै पनि होस एउटा राम्रो नोकरी गर्नु नै थियो । तर के गर्नु कति धैरै पढेकाहरु त बेरोजगार रहनुपर्न खाल्डोका उस कताको जागिर मिल्छ नजिकै कोठाका अर्का मित्रको अड्कल हो यो । तापनि उ हारेन । थाकेन । यो बिचमा भने राजधानीको धुलो धुँवा र शहरीकरणको कोलाहाल पचाउने सक्ने क्षमता ऊ भित्र मौलायो । यसलाई पचाएर राजधानीका सयौं अफिस चहारे । तर प्रयत्न बेकार । उसको पसिना व्यर्थ बग्दैछ । नलागेको होईन उसलाई । उसलाई त बेरोजगारको श्रेणीमा पहिलो नम्बरमा रहेको दाबी पनि गर् यो ।
एकाएक कफ्र्यूको कृपाले राजधानी महँगीयो । उ उन्नाईस दिन बन्दी सरहको जीवन बिताउन बाध्य बन्यो । फेरि यहाँ त उसका सब अपरिचित । यहाँ नाताकुटुम्ब र सोस्रफोस्र पनि कतै छैनन् उसको । फेरि पनि जागिर खोजयात्रा भने टुगिएको पक्षमा उ छैन । व्यापक खर्चको रहनसहन आकाशिएको बजार मुल्य । हर वस्तुको भाउले सीमा नाघ्यो । तरकारी कसरी खाने ग्याँसको मल्य त्यस्तै । यी दिनहरुमा उ झन् बेखर्ची बनेको छ । मौसम नै यस्तो । उसलाई जीवन धान्न साँच्चै धौ धौ को क्रम नजिकिएको महसुस भयो । कुल घरबाट खर्च मागेर चलाउन उसको हातले चिठ्ठी लेख्न पनि सकेन । मलिन मुहारमा जिउनु बाध्य बन्यो उ । कहिल्यैकाही विवशताको चुलीमा पुग्दा नकारात्मक विचार नपलाएको होईन । गाउँ समाजमा सम्मानित घरानाको छोरा ऊ । राम्रो काम गर्दछ काठमाडौंमा । खुब राम्ररी पढ्दैछ छोराले ।
गाउँघरमा चर्चा चलेको छ । अनि उसका चिठीमा बुबा र आमा । म काठमाडौंमा राम्ररी पढ्दै र काम पनि राम्रो गर्दछु चिन्ता लिनुपर्दैन । लेखिरहन्छ । जे भएपनि जस्तो भएपनि बाँच्नु नै ठुलो हो । जागीर नपाइँदा मरिन्न क्यारे । यसैमा चित बुझाएको छ उ । उसले कहिल्यैकाही आफैलाई बिसर्िन्छ । सम्झाउने र बुझाउने कोही छैनन् यहाँ । राजधानीमा हजारौ मान्छे छन् । तर अफसोच उसका भने कोही छैनन् । उसका साथी सपना मात्रै हो । त्यो साथीले उसलाई सदा गाडीमा सैर गराउँछ । विशाल महलको सिहासनमा विराजमान गराउन्छ । अन्य थुप्रै नचाहेको र नसोचेको कुराको पुर्ति गर्छ तर वास्तविकता अर्को । बिहानी हल्लामा सदा साथी बिदा हुन्छ । अर्को पटक भेट्ने वाचामा ।
धन्न घरधनी भलादमी पाएको छ उसले । डेराको भाडा ढिलै बुझाए पनि कुनै करकाप गर्दैनन् । नत्र उहिल्यै नै उठिबास भए होलान् उ । एकताकाको बन्दले खर्च सब पारि राजमार्गको लाममा । आज आउन्छ की आएन । भोली त आउला नी आएन । यो प्रतिक्षाले १० दिनको निद्रा र भोक हराएको थियो उसको । जे भएपनि घरबाट आयातित खर्चमा उ बाँचिएको देखिएको छ । यद्यपि उसको निडरताले राजधानीमा एक छत्र राजको अवसर कुरेको भान पर्छ । आखिर दिन कटेकै छ एक दिन आउँछ । त्यो स्वर्णिम दिन । जब रोजगारीको छनौट तालिकामा पहिलो नाम उसको हुनेछ । तर खाली यो कुरा मात्रै हुने हो की वाक्क दिक्क बन्छ उ । त्यो बेला उसको अर्काे अभिन्न साथी हो झोल साथी । चिन्ता दुरको सहयात्री ।
जति नै पीर परोस् । बाध्यता आओस् । त्यो भुल्न उसले कुनै समय लगाउँदैन । साँझ यसैगरि काट्छ । बिहानी नहुदैको समयमा गाईगुई आवाजमा उ व्युझिनु नै दिनको शुरुवात हो । आधा निद्रामा खाली बाल्टिन बोकेर पानीको लाम घुस्नुपर्छ । नत्र मुख धुनु नपर्ने अवस्था आईपर्छ । एक बाल्टिन पानी कोठामा पसेपछि हाइसच्चो महसुस हुन्छ उसलाई । जसरी होस् । राजधानीको यो ठेलमठेलमा पनि उ बाँचेकै छ । संघर्ष पीर चिन्ता र समस्यामा पनि उ हाँसेकै छ । बिसच्चो राजधानीको हालखबरमा उ भने ढुक्कले बाँचेको छ । सच्चो मानेको छ । साँच्चै घोर अचम्म ! खै कसरी बाँचेको छ ।
अस्तु
Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this