Banner

राष्ट्रिय

काठमाडौ, ५ माघ । एमाले नेतृ एवं अनेरास्वबियुकी पूर्व अध्यक्ष रामकुमार झांक्रीलाई पुत्रलाभ भएको छ । उनले राजधानीको थापाथलीस्थित प्रसुतीगृहमा बुधबार अपरान्ह पुत्रलाभ गरेको हो ।

ललितपुर, माघ १ । ‘ठूला दुर्लङ पुग्दा साबुन नपाउँदा हात धुन पाइएन, जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख बालकृष्ण भुसालले भने, ‘खाजा नखाई फर्किए, हात धुने जनचेतनाको अभाव महसुस भयो ।’ हात धुने अभियानको प्रभावकारिता विषयक पत्रकार सम्मेलनमा प्रमुख भुसालले आफ्नो अनुभव राख्दै भने, ‘स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यो अभियान र शिक्षा सबैलाई जरूरी छ, प्रिन्सिपलले समेत सिक्नुपर्छ ।’

ललितपुर, माघ ४ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले वर्तमान सरकारले जनहितका पक्षमा काम गर्न नसकेको बताउनुभएको छ । नेकपा एमाले ललितपुरले हालै आयोजना गरेको जिल्लास्तरीय भेलाको उद्घाटन गर्दै उहाँले राज्यका सबै संयन्त्र कमजोर बन्दै गएकाले सरकारलाई ‘पदमा  बसिराख्ने’ नैतिक हैसियत नभएको धारणा राख्नुभयो ।

नेपालगन्ज, माघ ४ । दलित समुदायप्रतिको सामाजिक दृष्टिकोण अहिले पनि मैत्रीपूर्ण तथा विभेदरहित हुन नसकेकोमा दुःख व्यक्त गरिएको छ । दलित कल्याण सङ्घ र जनउत्थान प्रतिष्ठानद्वारा यहाँ आयोजित ‘नयाँ संविधानमा दलितका साझा सवाल’ विषयक मध्य तथा सुदूरपश्चिमाञ्चलस्तरीय अन्तक्र्रियामा वक्ताहरूले यस्तो धारणाहरू राखे ।  दलितलाई अन्य समुदाय सरह समान अधिकार भनिएपनि कार्यान्वयन पक्ष अहिलेपनि विभेदपूर्ण नै रहेको सहभागीहरूको गुनासो थियो ।

ललितपुर, माघ ४ । ललितपुर उद्योग वाणिज्य संघको वार्षिक साधारण सभा र निर्वाचन हुने भएको छ । पुसको तेश्रो साता हुने भनिएको निर्वाचनविरूद्ध मुद्दा लागेपछि सभा रोकिएको थियो । संघका सदस्य जगदीशलाल श्रेष्ठले संघको कार्यसमिति, अध्यक्ष, निर्वाचन समिति समेतलाई विपक्षी बनाई दायर गरेको मुद्दा खारेजसमेत भएको छ ।

ललितपुर, माघ ४ । नेपाल प्रहरीकी डिआईजीले अधिकारको लागि आफै जागरुक हुनपर्ने बताउनुभएको छ । इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालय ललितपुरमा आयोजना भएको सुरक्षा र न्यायमा अल्पसंख्यक समुदायको पहुँच विषयक छलफल कार्यक्रममा वक्ताहरुले चेतना अभिवृद्धि भएमा अल्पसंख्यक समुदायको पहुँच कायम हुने धारणा राखेका हुन् । डिआईजीले नेपाल प्रहरीमा समस्या लिएर गए समस्या समाधानको लागि प्रहरीले काम गर्ने र प्रहरीले जात, वर्ग, लिंगको आधारमा भेदभाव नगरिएको बताउनुभयो ।

ललितपुर, माघ १ । पाटन दरवार स्क्वायरमा माओवादीको सास्कृतिक टोलीले सामना राष्ट्रिय जागरण अभियान प्रस्तुत गरेको छ । अभियानमा एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य तथा युवा नेता नेत्र विक्रम चन्द ‘विप्लब’ ले विशेष सम्बोधन समेत गरे । उनले कांग्रेस र एमालेका कारण ‘शान्ति प्रकृया’ले गति लिन नसकेको बताए । कार्यक्रमका प्रमुख अतिथि विप्लबले भने, ‘कागे्रस, एमाले नयाँ संविधान लेख्न तयार देखिएनन् ।

ललितपुर, माघ १ । अभिभावक संघको उपत्यकाका तीनवटै जिल्ला समितिको संयुक्त वैठकले वर्तमान शिक्षा पद्धतिका कारण नेपालको राष्ट्रियता संकटमा रहेको ठहर गर्दै सात बुँदे निर्णयहरु सार्वजनिक गरेको छ । भक्तपुर जिल्ला समितिका अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष मणिरत्न बज्राचार्यको अध्यक्षतामा बैठक बसेको थियो । संघका केन्द्रीय अध्यक्ष सुप्रभात भण्डारीको प्रमुख आतिथ्यमा भएको बैठकले संवेदनशिल विषयहरुमा सरकारले तत्काल सम्बोधन गर्न आवश्यक रहेको वक्ताहरूले ध्यानाकर्षण गराएका थिए ।

काठमाडौँ, पुस ६ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी माघ १ गतेबाट लागू हुने गरी विद्युत् महसुलमा २० प्रतिशत वृद्धि गर्न सैद्धान्तिक सहमति दिनुभएको छ । विद्युत् महसुल निर्धारण आयोगका अध्यक्ष गणेशप्रसाद सुब्बाले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री डा भट्टराईलाई आज भेट गरी विद्युत् महसुल बढाउनुपर्ने कारणका बारेमा विवरण प्रस्तुत गर्नुभएको थियो ।

विराटनगर, पुस ६ । पूर्वाञ्चलमा पेट्रोलियम पदार्थको अभाव भइरहेको बेला पेट्रोलको बिक्री वितरणमा अनियमितता एवम् ठगी गर्ने विराटनगरको एउटा पेट्रोल पम्प कारबाहीमा परेको छ । जिल्ला प्रशासन कार्यालय मोरङको अगुवाइमा जिल्ला अनुगमन समितिले गरेको विशेष अनुगमन तथा छड्केमा प्रतिलिटर ६० एमएल घटी बिक्री गर्ने विराटनगरको शनीमन्दिर नजिकको सुनसरी ट्रेडिङ (पेट्रोल पम्प) कारबाहीमा परेको छ ।

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »