अनलाईन पत्रिका, कैलाली । अनौपचारिक क्षेत्र सेवाकेन्द्र इनेसकले स्थानीय निकाय सचालनका लागि बनाइएका राजनीतिक दलहरुको संयुक्त संरचना भ्रष्टाचार र मनपरितन्त्रमा लिप्त रहेको आरोप लगाएको छ ।
स्थानीय निकाय साचालनका लागि गठन गरिएका राजनीतिक दलहरुको संयन्त्रका कारण हरेक जिल्लामा आर्थिक भ्रष्टाचार र अनियमिता व्यापक बन्दै गएको थुप्रै पटक चर्चा चल्ने गरेको छ । कैलालीमा केही वर्ष यता कर्मचारीहरु सँगको मिलेमतोमा संयन्त्रमा रहेका दलका प्रतिनिधिहरुले चरम भ्रष्टाचार र अनियमिता गर्दैआएको समाचार पटकपटक सार्वजनिक भएका छन् । इन्सेकले स्थानीय निकायमा दलहरुको नाममा बजेटको भागबन्डा गर्ने कतिपय अवस्थामा कागजमा काम सम्पन्न गरेको प्रतिवेदन तयारगर्ने प्रवृत्ति बढेको आरोप दोहोर् याएको छ ।
इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा जारी विज्ञप्तीमा स्थानीय निकायमा राजनीतिक दलहरुको संयन्त्रका नाममा भइरहेको खुला भ्रष्टाचार अनियमिता र मनपरितन्त्रलाई कडाइका साथ नियन्त्रण गर्न भरपर्दो र पारदर्शी अनुगमन प्रणाली नबनुन्जेल स्थानीय निकायका लागि जाने बजेटलाई न्यूनतम सीमामा राख्न माग र खराब कामगर्ने स्थानीय निकायको कि्रयाकलाप तुरुन्तै कारबाहीको प्रकि्रयामा ल्याई व्यापक प्रचारप्रसार गरियोस् ।
सोही विज्ञप्तीमा राजनीतिक दलहरुलाई योजना निर्माण जनपरिचालन र नागरिक अनुगमनका लागि सल्लाह दिने काममा बाहेक आर्थिक कारोबार ठेक्कापट्टा र उपभोक्ता समितिको काममा संलग्न नहुन दलहरुले कार्यकर्तालाई निषेधको माग गरेको छ ।
Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this