Banner

ललितपुर । अनुहार दुब्लाएका र जीउडालमा पातलो एउटा शरीर जिविस कार्यालयमा उपस्थित हुलमा  गएर निवेदन पत्र देखाउनेमा व्यस्त थिए । मुटु रोगीको सिफारिश पत्र बोकेर आर्थिक सहयोगको याचना गर्दे जिविस कार्यालयमा देखिएका हुन् । कार्यालयमा उपस्थित भएका कर्मचारीलगायत अन्य व्यक्तिहरुबाट उनले केही आर्थिक सहयोग बटुले पनि । तर उनको परिचय सहयोग माग्दै गरेको व्यक्तिमात्रै सिमित भने छैन् । उनी अर्थात बद्रीनाथ दाहाल ।  २००४ सालमा ललितपुरको चन्दनपुर गाविस ७ मा जन्मिएका दाहालको जीवनयात्राले निकै फड्को मारेको छ । तर उच्च होईन खस्किँदो किनभने उनले समाजको लागि जे गरे त्यसको कुनै मुल्याङन कतैबाट भएन  । वहाँले झण्डै दुई दशक प्रध्यानाध्यापकको पद सम्हालेर सरस्वती मावि महेन्द्र मा।वि र खोकना युवा प्रतिभा मा।विसम्ममा शिक्षण यात्रा जारी राखे ।

साथै ओल्ड प्याक प्रोजेक्ट अर्थात साक्षरता कक्षा र स्वास्थ्य क्षेत्रमा समेत कार्यरत रहेर एक दशक बिताए । अध्यापनतिर लागिरहँदा साहित्य मोहमा परियो । सिफारिश पत्र पत्याएर विगततिर नियाल्दै वहाँले भन्नुभयो ुलेखरचना र कविता निकै लेखियो । वहाँका अनुसार रेडियो सुन्ने पत्रिका पढ्ने र पढाउने भइरहँदा कविताहरु जन्मिन थालेका थिए । त्यही कविताका संग्रह बनाएर साहित्यमा एउटा कृति पनि थपे । मनका तरङ अर्थात दुई दर्जन कविताका संग्रह । सामाजिक परिवेशका चित्रण र दलितका पीडा बढी शब्दमा पोखिन्छु कविता संग्रहको निष्कर्षमा अडिएर वहाँले भन्नुभयो एउटा राम्रो काम गरेको महसुस भएको छ ।

साहित्य क्षेत्रमा हस्तीहरु बढेपनि कति स्रस्टाहरुको यस्तो हालत कसरी हुन्छ  भन्ने प्रश्नमा यो बिडम्बना मान्नुपर्छ लेखेर केही आशा गर्नुहुन्न । आफ्नै कविता संग्रह प्रकाशित गर्दा झण्डै पन्ध्र हजार खर्चिएका दाहालले नगदमा तीनवटा पुस्तक बेचेको बताउनुभयो अर्थात एक प्रतिको रुपैयाँ ३ दरले नौ रुपैयाँमात्रै छापिएका पुस्तकहरु कहाँ कहाँ पुगे याद छैन । वहाँले दुखेसो पोख्नुभयो ।

मुटुको रोग लागेदेखि नै लेखन त्यागेका र अध्यापन छोडेका दाहालका ४ छोरा २ छोरी र ५ नातीहरु रहेको परिवारमा बस्दै आइरहनुभएको छ । यताउता खर्च त छोराले दिने गरेको बताउँदै उपचारको निरन्तर खर्चको लागि सहयोग जुटाएको बताउनुभयो । वहाँले गाविसबाट सिफारिश सहित सहयोग उठाउँदै उपचारखर्च धानिरहेका छन् ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »