Banner

कपिल भट्ट,अनलाईन पत्रिका, कैलाली । पूर्वयुवराज पारस शाहले विभिन्न क्षेत्रमा योगदान पुर् याउने एक दर्जन विविध क्षेत्रका व्यक्तित्वलाई सम्मान गर्नुभएको छ ।

अन्तर्राष्टिय किर्तिमानधारी तेक्वान्दो खेलाडी दीपक बिष्ट, नेपाली सिने जगतका ख्यातिप्राप्त कलाकार बिराज भट्ट, सुमन सिंह, देउडा गायक नरेन्द्रराज रेग्मी, थारु कलाकार रेशम चौधरी, हास्य कलाकार चेतबहादुर सिंह, प्रेम चौधरी सम्मानित भएका हुन् । त्यसैगरी समाजसेवी दिनानाथ भट्ट डमरु बल्लभ भण्डारी भुवन चन्द, बरिष्ठ पत्रकार अम्बिका प्रसाद उपाध्याय सम्मानित हुनुभएको छ ।

पुर्व युवराज पारस शाहले धनगढीको डिभोटी होटेलमा आयोजित एक बिशेष समारोहमा दोसल्ला र कदरपत्र सहित उहाँहरुलाई सम्मान गर्नुभएको थियो । सम्मान कार्यक्रममा लक्ष्मी नारायण मन्दिरका पूजारी स्वामी श्री १००८ देवराज आचार्यले स्वागत तथा धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँहरुलाई हिजो नै सम्मान गर्ने कार्यक्रम भएपनि अत्याधिक भीडका कारण आज सम्मान कार्यक्रम गरिएको हो ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »