Banner

सुरजकुमार भुजेल, पालुङ । कृष्ण जन्माष्टमी पर्व रथयात्रा जात्राको विषयमा भएको झगडाको आज सहमति भएको छ । पर्वको समयमा बाजागाजा सहित थाहा गेट कटेर शिखरकोट तर्फ नआउने र यसप्रकारका कि्रयाकलापहरु कसैले नदोहोर् याउने भन्दै मिलापत्र भएको हो । दामन गाविस वडा नंबर ४ शिखरकोट र गोपाली गाउँका स्थानीय बासिन्दाहरुका बीचमा रथ तान्ने विषयलाई लिएर झै-झगडा कुटपिट भएको थियो । सोही विषयमा आज भएको सहमति बैठकमा दुई पक्ष स्थानीय भद्र भलाद्मी, सामुदायिक सेवा केन्द्र दामन पालुङका प्रतिनिधि, स्थानीय राजनितिक दलका प्रतिनिधि र प्रहरीसमेतको उपस्थितीमा छलफल भएको थियो । छलफलमा भएको सहमति तोडेमा कुनैपनि पक्षलाई कानून बमोजिम कार्बाही गरिने समेत पत्रमा उल्लेख छ ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »