Banner

कपिल भट्ट, कैलाली । जंगली हात्तीहरुको एक समूहले गएराती कैलालीको रतनपुर गाउँ विकास समिति वडा नम्बर ६ वसन्तामा एक दर्जन बढी घर भत्काउनुका साथै २० विगाहामा लगाईएको धानवाली समेत नष्ट गरिदिएका छन ।

२५/३० को संख्यामा राती गाउँ पसेको हात्तीको समुहले चिल्साठी चौधरी धनीराम चौधरी, दुर्गा चौधरी, जनक चौधरी, जंगबहादुर चौधरी, सायकबडु चौधरीलगायतका घर भत्काउनुका साथै घर भित्र रहेको खाद्यान्न समेत नष्ट गरिदिएको स्थानीय बासिन्दा रामकुमार चौधरीले जानकारी दिनुभयो ।

उहाले हात्तीको बथानले घर भत्काउन थालेपछि थाल बजाउँदै आगोबालेर हात्ती भगाएको बताउनु भयो । दिनदिनै हात्ती आतङ्क बढ्दै गएपछि रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको चौधरीले बताउनुभयो ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »