Banner

कैलाली । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कैलालीको बनबेहडामा पहिचान नभएको समूहले धनगढीका उद्योगपति ओमप्रकाश अग्रवालको पिकअप भ्यानमा हिजो साँझ आगजनी गरेको छ ।

चिसापानीबाट धनगढीतर्फ आउँदै गरेको नं. से १ च ३९४ को सो भ्यानमा पहिचान नभएको समूहले पेट्रोल छर्केर साँझ साढे सात बजेतिर आगजनी गरेको हो ।उनीहरुले बनबेहडा स्थित शसस्त्र प्रहरीको बडिमालिका गणबाट झण्डै दुई किलोमिटर पूर्वमा रोकेर ओमप्रकाश अग्रवालको गाडी हो भन्दै चालक कमल चौधरी र त्यसमा सवार अन्य दुई्र जनालाई उतारेर आगजनी गरेको ईलाका प्रहरी कार्यालय चौमालले जनाएको छ ।

आगजनी गर्ने समूहले आफूलाई भीष्म एकता परिषद्का कार्यकर्ता भएको बताएको जीप चालक कमल चौधरीलाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय अत्तरीयाका प्रहरी निरीक्षक नारायणबहादुर चन्दले जानकारी दिनुभयो । आगजनी गर्ने समूहको खोजी कार्य भईरहेको प्रहरीले बताएको छ ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »