कपिल भट्ट, कैलाली । कैलालीबाट प्रकाशित हुने अनुमोदन राष्ट्रिय दैनिक र एबिसी टेलिभिजनको सुदूरपश्चिम क्षेत्रीय
व्युरो कार्यालयमा गएराति आक्रमण भएको छ । नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष दीर्घराज उपाध्यायको नेतृत्वको टोलीले दैनिकको कार्यालयमा आक्रमण गरेको हो ।
धनगढीस्थित एलएनचौकमा रहेको कार्यालयमा गरिएको तोडफोडका क्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा अनुमोदन दैनिकका प्रधान सम्पादक मनमोहन स्वाँरलाई अपशब्द प्रयोग गर्दै आक्रमण गरेको हो । कार्यालयमा आक्रमणपछि अनुमोदन दैनिक पत्रिका प्रकाशित हुन सकेको छैन ।
दैनिकको कार्यालय हिजो देखिनै प्रहरीको नियन्त्रणमा रहेको छ । आक्रमणबाट कार्यलयमा रहेका उपकरणहरुमा क्षति पुगेको छ । यसैबिच पत्रिका कार्यालय र पत्रकारमाथि भएको आक्रमणको बिषयमा अहिले धनगढीमा संचारकर्मीको बैठक बसिरहेको छ ।

Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this