काठमाडौं । माओवादीले चिनियासँग सांसद किन्नका लागि ५० करोड माग गरेको विवादास्पद टेप प्रकरणबारे छानबिन गर्न कङ्ग्रेस संसदीय टोलीले सभामुखको ध्यानाकर्षण गराएको छ । कङ्ग्रेस महामन्त्री विमलेन्द्र निधीको नेतृत्वमा गएको टोलीले अविलम्ब यसबारे छानबिन गर्न आग्रह गरेको छ । टोलीमा संसदीय दलका सचिव नवीन्द्रराज जोशीलगायत छन् ।
यता नागरिक समाजले छानबिन गर्न आज सभामुख सुवास नेम्वाङलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउन सुशील प्याकुरेल, कनकमणि दीक्षित, सुबोध प्याकुरेल, टीकाराम भट्टराई, शम्भु थापा लगायत नागरिक समाजका अगुवा सभामुखको कार्यकक्ष पुगेका थिए । उनीहरुले यो प्रकरणको सरकार र संसदीय समिति दुवैले छानबिन गर्नुपर्ने र यसमा सभामुखले अग्रसरता देखाउनु पर्ने माग गरेका छन् । केही दिनअघि मात्र माओवादी नेता तथा अन्तर्राष्ट्रिय ब्युरो प्रमुख कृष्णबहादुर महराले चिनियासँग पैसा मागेको भन्दै टेप सार्वजनिक भएको थियो । उक्त टेप सञ्चार माध्यमले सार्वजनिक गरेलगत्तै यसबारे छानबिन गर्न माग उठिरहेको छ ।
Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this