कपिल भट्ट/कैलाली । नेपाल पत्रकार महासंघले कैलालीबाट प्रकाशित हुने अनुमोदन दैनिकको कार्यालय र त्यसमा कार्यरत पत्रकारहरुमाथि भएको आक्रमणको घटनाप्रति आपत्ति जनाएको छ ।
महासंघले दैनिकको कार्यालय तोडफोड गरी पत्रिकाका सम्पादक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मनमोहन स्वाँर महासंघ कैलालीका उपाध्यक्ष भुवनेश्वर अधिकारी र पत्रकार प्रकाश शाहमाथि हातपात तथा दुव्र्यवहार गरेको साथै कार्यालयमा ताला लगाई पत्रिकाको प्रकाशनसमेत बन्द गराएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका महासचिव पोषण केसीद्वारा आज जारी विज्ञप्तिमा उक्त समुहले गरेको हातपात दुव्र्यवहार र प्रकाशन बन्द गराउने कार्यले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको महासंघको ठहर गरिएको छ । 'उत्पन्न समस्याको सामाधानका लागि कानुनी उपचार खोजिनु पर्नेमा संचारमाध्यम तथा संचारकर्मीमाथि भौतिक आक्रमणमा उत्रिनु प्रेस स्वतन्त्रताविरोधी कार्य हो । यस्ता कार्यले पत्रकारको पेशागत तथा जनताको सुसूचित हुने संवैधानिक अधिकारमाथि आघात पुर् याएको छ' विज्ञप्तिमा भनिएको छ ।
महासंघले घटनाको कडा शब्दमा निन्दा भत्स्रना गर्दै घटनामा संलग्न व्यक्तिलाई पहिचान गरी कानुनी कारबाहीकालागि स्थानीय प्रशासनसँग जोडदार माग गरेको छ । साथै सचारकर्मी र सचारमाध्यमको सुरक्षामा गम्भीर हुन समेत महासंघले सरकारसँग आग्रह गरेको छ । यसैबिच महासंघले घटनाको स्थलगत अध्ययनका लागि महासंघका उपाध्यक्ष गोविन्द आचार्यको संयोजकत्वक तीन सदस्यीय अध्ययन टोली पनि गठन गरेको छ । टोलीमा केन्द्रीय सदस्य छत्र साउद र महासंघका पूर्वउपसभापति चित्राङ्ग थापा सदस्य रहेका छन ।
टोलीले स्थलगत रुपमा घटनाको अध्ययन गर्नुका साथै पीडित पत्रकार स्थानीय साचारकर्मी प्रशासन र घटनासँग सम्बद्ध पक्षहरुसँग छलफल गरी समस्या समाधानका लागि पहल गर्ने जारी विज्ञप्तिमा जनाईएको छ । टोलीले घटनाको यथार्थ वस्तुस्थितिका बारेमा केन्द्रीय समितिलाई प्रतिवेदन पनि बुझाउने छ ।
Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this