Banner

ललितपुर । तपाईलाई तत्कालै सुरक्षा चाहियो के गर्नुहुन्छ ? पक्कै पनि सुरक्षाका लागि प्रहरी प्रभागमा फोन गर्नुहुन्छ । प्रहरी प्रभाग पुल्चोकको पनि उस्तै हालत छ । पुल्चोक वरिपरि कुनै घटना घटे र तत्कालै ५५२२१५१ मा फोन गर्नुभयो भने यहाँपनि फोन लाग्दैन ।

किनभने पुल्चोक प्रहरी प्रभागको फोन लाईनपनि काटिएको छ । मासिक ७ हजारसम्म टेलिफोन महसुल उठ्ने गरेको पूल्चोक प्रभागमा बैशाखको १३ गते लाईन काटिएको थियो । अहिले प्रहरी प्रभाग पूल्चोकले तिर्नुपर्ने जेठसम्मको अन्तिम महसुल १ लाख ४१ ह्जार ५ सय २२ रुपैयाँ ८८ पैसा छ ।

सुरक्षा र संवेदनशील मानिएको प्रहरी प्रभाग र वारुणयन्त्र कार्यालयको टेलिफोन लाईन काटियो त काटियो । यसको लागि दबाब दिने कसले  कुन पार्टीका मन्त्री तथा नेताले भन्ने हुन् नेपाल टेलिकमलाई । खुरुक्क लाईन सुचारु गर भनेर । तर यता मन्त्रीक्वार्टर हरिहर भवनको टेलिफोन नम्बर हो ५५५५४२० । यो नम्बरको अन्तिम महसुल २ लाख २५ हजार पुगेको छ । टेलिफोन लाईन काटिएपछि एकाध घण्टामा यस्तो उर्दी जारी हुन्छ । नेपाल टेलिकम स्रोत अनुसार भुक्तानी नहुँदा पटक-पटक लाईन काटिएको हो । स्रोतले भने दबाबका कारण काट्ने बित्तिकै जोड्नुपर्छ । मन्त्री निवास हरिहरभवनको नेपाल टेलिकमले ुकेही साताअघि टेलिफोन लाईन काटेको थियो । स्रोत भन्छ । माथिबाट फोन आएपछि लाईन सुचारु गरिएको हो ।

यसैबीच गृहमन्त्रालयले अर्थमन्त्रालयसँग समन्वयगरि नेपाल प्रहरीले देशभर प्रयोग गरेको इन्धनको करोडौं रुपियाँ तिरिदिने भएको छ । नेपाल प्रहरीको इन्धन खर्चसमेत गृहमन्त्रालयले उपलब्ध गराउने भएको छ । प्रहरीलाई साधनस्रोत सम्पन्न गराउने सर कारी अभियानअन्र्तगत पहिलो चरणमा इन्धनको खर्च दिने र दोश्रो चरणमा टेलिफोन बिजुली र पानीको पैसापनि निकासा गर्ने तयार रहेको गृहसचिव लिलामणि पौडेलले बताए ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • पारिजातको सम्झनामा ! भक्तपुर साहित्यिक समाजको नियमित मासिक घुमन्ते साहित्यिक शृंखला भाग–२ को तेहौं संस्करण मध्यपुर ठिमीस्थित मोर्डन कलेज अफ म्यानेजमेण्टमा सम्पन्न भयो ।

    ठूलो आकृति »
  • न्यायको दृष्टि ! प्रधानन्यायधीस खिलराज रेग्मी मेघा बैंक तस्वीर प्रदर्शनीको अवलोकन गर्नुहुँदै । प्रदर्शनी भोलीसम्म चल्नेछ । तस्वीर सौजन्य : फोटो जर्नालिष्ट क्लब

    ठूलो आकृति »
  • बन्दमा बालक ! ब्राम्हण क्षेत्री समाजले जातीय राज्यको बिरोध तथा आफ्नो पनि पहिचान हुनुपर्ने लगायतका माग राखेर आव्हान गरेको बन्दमा खटिएका बालकहरू । तस्वीर : स्टेफिनी बुई/अनलाईन पत्रिका

    ठूलो आकृति »
  • बाल जागीर ? ललितपुरको झरूवारासीस्थित एक इँट्टाभट्टामा कार्यरत बालक । यहाँ आमाबुबालाई सघाउन दर्जनौ बालबालिका यसरी काममा खट्छन् । तस्वीर : अजय देशार

    ठूलो आकृति »
  • उत्कृष्ट तस्वीर छानियो ! फोटो पत्रकार क्लवले आयोजना गरेको मेगा बैंक फोटो प्रतियोगिता–२०६८ का लागि देशभरबाट उपलब्ध फोटोहरू मध्येबाट उत्कृष्ट १ सय ३८ फोटो छानिएका छन् । गोपाल चित्रकार, जगदिश तिवारी, विजय कुमार पाण्डे, आदित्य बराल, मणि लामा, सुजन चित्रकार र चन्द्रशेखर कार्कीको निर्णयक मण्डलले प्रतियोगितामा सहभागी फोटोहरुमध्येबाट उत्कृष्ट फोटो छानेको हो ।

    ठूलो आकृति »
  • लुम्बिनीतिर साईकल यात्रा ! लुम्बिनी यात्रा नाम दिइएको तीनदिने साइकल यात्रा सम्पन्न भएको छ । विश्व साईकल संस्थाको आयोजनामा भएको साइकल यात्रा पुस्कर शाहको नेतृत्वमा भएको थियो । तस्वीर सौजन्य : किशोर श्रेष्ठ

    ठूलो आकृति »
  • हेर्दाहेर्दे सखाप ! थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती सुरक्षा संयन्त्रको सहयोगमा हटाइएको छ । २ सय ४४ घरधुरी भएको बस्ती हटाउने क्रममा बिहानैदेखि तनाव उत्पन्न भएको थियो । तस्वीर : सानुराजा महर्जन

    ठूलो आकृति »
  • नेपाल पत्रकार महासंघ यूएई शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकारिता सम्बन्धि तालिम सम्पन्न गर्दै प्रेस स्वतन्त्रता दिवश मनायो । महासंघका पदाधिकारीहरु साथै प्रशिक्षकगरी करिव १८ जना व्यक्तिहरुको उपस्थिती रहेका थिए ।

    ठूलो आकृति »
  • नागरिकता छलफल : एनआरएन यूके पाचौ कार्यसमितीको सातौ बैठक सम्पन्न भएको छ । कार्यक्रम उपाध्यक्ष महेन्द्र कंडेलले श्वागत गर्दै एनआरएनको नागरिकता सम्बन्धी पीडालाई जस्ताको तस्तै नेपालमा लगि परिणाम मुखी बनाइदिन प्रमुख अतिथि नेपाल सरकारका भूपू शिक्षामन्त्री तथा नेकपा एमालेका केन्द्रिय सदस्य गगांलाल तुलाधर समक्ष आग्रह गरेका थिए । तस्बीर : जिब बेल्बासे /युके

    ठूलो आकृति »

  • ललितपूरमा रहेको रातो मच्छिन्द्रनाथ परिसर बती बाल्दै एक बालिका । रथ तान्ने कार्यक्रम बैशाख १३ बिहिबार गते परेको छ तस्वीर : एनपीटिए

    ठूलो आकृति »
. .
Banner
Banner

Advertisement

Banner

प्रतिकृयाहरु