Banner

विराटनगर, पुस ६ । पूर्वाञ्चलमा पेट्रोलियम पदार्थको अभाव भइरहेको बेला पेट्रोलको बिक्री वितरणमा अनियमितता एवम् ठगी गर्ने विराटनगरको एउटा पेट्रोल पम्प कारबाहीमा परेको छ । जिल्ला प्रशासन कार्यालय मोरङको अगुवाइमा जिल्ला अनुगमन समितिले गरेको विशेष अनुगमन तथा छड्केमा प्रतिलिटर ६० एमएल घटी बिक्री गर्ने विराटनगरको शनीमन्दिर नजिकको सुनसरी ट्रेडिङ (पेट्रोल पम्प) कारबाहीमा परेको छ । गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय, वाणिज्य कार्यालय, नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय तथा उपभोक्ता मञ्चका पदाधिकारी तथा प्रतिनिधिको सहभागिता रहेको सो अनुगमन समितिले १० वटा पेट्रोल पम्पको अनुगमन गरेको थियो । गुणस्तर तथा नापतौल क्षेत्रीय प्रमुख शशीभूषण यादवका अनुसार कोसी आयल, पूर्वाञ्चल आयल, तिरूपति आयल, एसलाल एन्ड सन्स र रघुनाथ पेट्रोल पम्प, द विजया आयल, धिताल एन्ड धिताल ब्रदर्स, एबी आयल, पूर्वाञ्चल आयल, सप्लायर्स पम्पको जाँच गरिएको थियो ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »