बिहिवार, 19 जनवरी 2012 13:45
ललितपुर, माघ ४ । ललितपुर उद्योग वाणिज्य संघको वार्षिक साधारण सभा र निर्वाचन हुने भएको छ । पुसको तेश्रो साता हुने भनिएको निर्वाचनविरूद्ध मुद्दा लागेपछि सभा रोकिएको थियो । संघका सदस्य जगदीशलाल श्रेष्ठले संघको कार्यसमिति, अध्यक्ष, निर्वाचन समिति समेतलाई विपक्षी बनाई दायर गरेको मुद्दा खारेजसमेत भएको छ ।
पुनरावेदन अदालतले मुद्दा खारेज भएको फैसला गरेपछि सभा र निर्वाचन हुन लागेको हो । मुद्दा ‘खारेज भएको जानकारी पश्चात आकस्मिक बैठक बसेको थियो, अनलाईन पत्रिकालाई संघका अध्यक्ष मृगेन्द्रमान प्रधानले भने, ‘यथाशिघ्र वार्षिक साधारण सभा र निर्वाचन गर्ने निर्णय भएको छ ।’