ललितपुर, माघ १ । अभिभावक संघको उपत्यकाका तीनवटै जिल्ला समितिको संयुक्त वैठकले वर्तमान शिक्षा पद्धतिका कारण नेपालको राष्ट्रियता संकटमा रहेको ठहर गर्दै सात बुँदे निर्णयहरु सार्वजनिक गरेको छ । भक्तपुर जिल्ला समितिका अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष मणिरत्न बज्राचार्यको अध्यक्षतामा बैठक बसेको थियो । संघका केन्द्रीय अध्यक्ष सुप्रभात भण्डारीको प्रमुख आतिथ्यमा भएको बैठकले संवेदनशिल विषयहरुमा सरकारले तत्काल सम्बोधन गर्न आवश्यक रहेको वक्ताहरूले ध्यानाकर्षण गराएका थिए ।
बैठकले निर्णय गरेको बुँदाहरूमा देशको शिक्षा पद्धतिको वर्तमान अवस्थाका कारण नेपालको राष्ट्रियता संकटमा रहेको हुनाले राष्ट्रियताको संरक्षण गर्नका लागि सरकार समक्ष माग गर्ने, नयाँ शैक्षिक सत्र २०६९ देखि सामुदायिक विद्यालयका शिक्षक÷शिक्षिकाहरुले आफ्ना छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने, निजी विद्यालयले लिने शुल्कको विवरण
(सुची) सम्बन्धित विद्यालयको सूचनापाटीमा सबैले देख्नेगरि टाँस्नुपर्ने, विद्यालय तथा घरपरिवारबाट बालबालिकामा हुने दण्ड सजाय बन्द गरिनपर्नेआदि छन् । संघका महासचिव रमेश घिमिरेले यस अगाडी अभिभावक संघले सरकार समक्ष प्रस्तुत गरेका मागहरु पुरा गरिनुपर्ने तर्फपनि ध्यानाकर्षण हुनुपर्न बताए ।

Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this