बिहिवार, 19 जनवरी 2012 13:50
नेपालगन्ज, माघ ४ । दलित समुदायप्रतिको सामाजिक दृष्टिकोण अहिले पनि मैत्रीपूर्ण तथा विभेदरहित हुन नसकेकोमा दुःख व्यक्त गरिएको छ । दलित कल्याण सङ्घ र जनउत्थान प्रतिष्ठानद्वारा यहाँ आयोजित ‘नयाँ संविधानमा दलितका साझा सवाल’ विषयक मध्य तथा सुदूरपश्चिमाञ्चलस्तरीय अन्तक्र्रियामा वक्ताहरूले यस्तो धारणाहरू राखे । दलितलाई अन्य समुदाय सरह समान अधिकार भनिएपनि कार्यान्वयन पक्ष अहिलेपनि विभेदपूर्ण नै रहेको सहभागीहरूको गुनासो थियो ।
‘पछिल्लो समयमा चुरोट सल्काउँदा चुल्हो छोइएको भनी कालिकोट जिल्लामा एक दलित युवाको हत्या भएको घटनाले दलित समुदाय अभैm सामाजिक अन्याय खेप्न बाध्य रहेको दुःखेसो पोख्दै उनीहरूले जारी असमानताका कुराहरू सुनाए । त्यस अवसरमा संविधानसभा सदस्यद्वय तिलक परियार र खड्क बस्यालले नयाँ निर्माण हुने संविधानले दलित समुदायको सम्मानको ग्यारेन्टी गर्ने विश्वास दिलाए । सदस्यद्धयले विभेद गर्नेका विरुद्ध दलित समुदाय एकमत हुनुपने र एकताको आवाज जारी राख्नुपर्ने प्रमुख आवश्यकता रहेको औँल्याउनुभयो । सो अन्तक्र्रिया कार्यक्रममा मध्य तथा सुदूरपश्चिमाञ्चलका २४ जिल्लाका दलित अगुवा तथा विभिन्न दलित सङ्गठनका पदाधिकारीको सहभागिता थियो । रासस