Banner

ललितपुर, माघ ४ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले वर्तमान सरकारले जनहितका पक्षमा काम गर्न नसकेको बताउनुभएको छ । नेकपा एमाले ललितपुरले हालै आयोजना गरेको जिल्लास्तरीय भेलाको उद्घाटन गर्दै उहाँले राज्यका सबै संयन्त्र कमजोर बन्दै गएकाले सरकारलाई ‘पदमा  बसिराख्ने’ नैतिक हैसियत नभएको धारणा राख्नुभयो । अध्यक्ष खनालले पार्टीभित्रका मत मतान्तरलाई सहमतिका आधारमा अघि बढाईनुपर्ने भन्दै ललितपुरलाई बिगतझै ‘एमालेको लालकिल्ला’ बनाउनेतर्फ सक्रिय हुन नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । एमाले नेताद्धय राजेन्द्र श्रेष्ठ र रघुजी पन्तले पार्टीलाई तल्लो तहदेखि बलियो बनाउन संगठन अभियानलाई प्रभावकारी बनाईनुपर्नेमा जोड दिनुभयो । एमाले ललितपुरका संयोजक मधुसुधन पौडेलले तीन महिने संगठन सुदृढीकरण अभियान अन्तर्गत जिल्लास्तरीय संगठन विस्तारका लागि खटाइने प्रतिनिधि प्रशिक्षण भेला आयोजना गरिएको बताए । साथै, एमालेले सोहीदिनको भेलासँगै तीन महिने संगठन सुदृढीकरण अभियान अन्तर्गत ललितपुरका ४१ गविस, उपमहानगरपालिकाका २२ वटै वडामा ६३ जना जिल्लास्तरीय प्रतिनिधि खटाएको छ । यसैबीच, नेकपा एमाले ललितपुर ३ नं. निर्वाचन क्षेत्रीय कमिटीको दोश्रो अधिवेसन यही आउँदो माघ २७–२८ मा हुने भएको छ । कार्यक्रमनुसार माघ २७ गते पुल्चोकबाट जुलुस शुरू भई नमूना मच्छिन्द्र उच्च माध्यमिक विद्यालयको मैदानमा अधिवेशनको उद्धघाटन गरिनेछ ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »