सोमबार, 16 जनवरी 2012 13:53
ललितपुर, माघ १ । पाटन दरवार स्क्वायरमा माओवादीको सास्कृतिक टोलीले सामना राष्ट्रिय जागरण अभियान प्रस्तुत गरेको छ । अभियानमा एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य तथा युवा नेता नेत्र विक्रम चन्द ‘विप्लब’ ले विशेष सम्बोधन समेत गरे । उनले कांग्रेस र एमालेका कारण ‘शान्ति प्रकृया’ले गति लिन नसकेको बताए । कार्यक्रमका प्रमुख अतिथि विप्लबले भने, ‘कागे्रस, एमाले नयाँ संविधान लेख्न तयार देखिएनन् ।
’ पाटन दरवार स्क्वायरमा पहिलो पटक सम्बोधन गर्न आएका नेता विप्लबले भने, ‘नयाँ संविधान अर्थात जनताको संबिधान हुनुपर्छ । त्यो संबिधानमा सबै वर्गको प्रतिनिधित्व हुनु प्रमुख एजेण्डापनि हो ।’ उनले थपे, ‘तर दलहरुले भाँजो हालेको, माओवादीलाई जनताको काम गर्न नदिने अनि माओवादीलाई शान्ति प्रक्रियाबाट बाहिरिएको भन्दै उनीहरु साँचिलो बन्ने प्रयासमा लागेको’ बताए । यसअघि माओवादी पोलिटव्यूरो सदस्य पम्फा भुसालले पनि सामनाको जागरण अभियानमा सहभागी भए । सामना जागरण अभियान पुस ११ गतेदेखि सुरु भएको हो । उपत्यकाका काठमाडौं र ललितपुरमा जागरण अभियान सकिएको र भक्तपुरमा माघ ३, ४ र ५ गते हुने कमाण्ड इन्चार्ज माइला लामाले बताए ।
Add comment