Banner

ललितपुर, माघ १ । ‘ठूला दुर्लङ पुग्दा साबुन नपाउँदा हात धुन पाइएन, जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख बालकृष्ण भुसालले भने, ‘खाजा नखाई फर्किए, हात धुने जनचेतनाको अभाव महसुस भयो ।’ हात धुने अभियानको प्रभावकारिता विषयक पत्रकार सम्मेलनमा प्रमुख भुसालले आफ्नो अनुभव राख्दै भने, ‘स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यो अभियान र शिक्षा सबैलाई जरूरी छ, प्रिन्सिपलले समेत सिक्नुपर्छ ।’ सामाजिक विकास र प्रवद्र्धन केन्द्रद्धारा आयोजित सम्मेलनमा कार्यक्रम संयोजक नारायणबाबु श्रेष्ठले ललितपुरका दुर्गम स्थानहरूमा अभियान सञ्चालन गर्नै बताउँदै विद्यालयमा केन्द्रित अभियान सफल भएको दावी गरे । दुर्गेसकुमार योगीले हात धुने अभियानबाट सचेत बनेका विद्यार्थीहरूको संख्या ‘शतप्रतिशत’ पुगेको बताए । केन्द्रका अनुसार ललितपुरका सम्पूर्ण विद्यालयमा हात धुने अभियान अन्तर्गत छ विधिहरूको प्रशिक्षण दिइएको थियो ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »