Banner

दुबई । स्वदेशको अन्योलमय अवस्था अनि बढ्दो बेराजगारीको कारण सामान्य जीवन यापनमा समेत कष्टकर बन्दै गएपछि आज बिदेशमा पलायन हुनेहरुको नेपाली युवाहरुको संख्या बढ्दो छ । यसरी पलायन हुनेहरुकै हुलमुलमा बिदेशीएका पन्चकुले-३ दाङ घर भएका टोपेन्द्र बहादुर थापा सारजाहा एयरपोर्टमा बिगत एक हप्तौं देखि बिचल्नी परेका छन् ।

पोखरा चिप्लेढुङ्गा स्थित शिसा कन्सल्टेन्सीका अर्जुन हमालले अफगानिस्तान पठाउने भनि रु ३ लाख दश हजार लिएको शारजहाँमा अलपत्र परेका पीडित टोपेन्द्रले बताएका छन् । अफगानिस्तानको लागि भिषा निस्की सकेको र त्यस्को लागि सारजाहामा रहेका नारायण नाम गरेको व्यक्तिलाई भेटि अफगानिस्तान प्रश्थान हुनु पर्ने भनिएको भएता पनि सारजाहामा नारायण नाम गरेको व्यक्तिले आफुलाई सो बारेमा केहि जानाकारी नभएको बताउँदै आएका छन् ।

अफिस भित्रको काम र ५०० डलर मासिक तलब पाउने प्रलोभनमा परेका थापाले पैसा बुझाउँदा बिश्वासको भरमा कुनैपनि कागजात नगरेको बताउँछन् । एक हप्तादेखि नेपालबाट आउँदा झोलामा हालेका २३ पोका चाउचाउ र पानी खाएर बसिरहेका थापा सारजाहा ट्रान्जिट पारेर आउने नेपालीहरुले दिएको केहि खानेकुराहरु खाएर बाँची रहेको बताए । नेपालमा रहेका अर्जुन हमालसँग सम्पर्क भएको र  स्वदेश फर्कनको लागि टिकट पठाई दिने आश्वासन फोनबाट दिएका भएता पछिल्लो केहिसमय यताबाट सम्पर्क समेत हुन नसकेको गुनासो गरे  ।

ईखालु रमेश गेलाल

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »