Banner

सुबिन श्रेष्ठ / शोभा ठकुरी, काठमांडौ । गैर आवासीय नेपाली संघको विशेष सहयोगमा नेपाल पत्रकार महासंघले आयोजना गरेको प्रथम ग्लोबल प्रवासी मिडिया सेमिनार र अन्तकि्रया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रवासमा रहेका नेपाली पत्रकारहरुको यथास्थितीको बारेमा जानकारी गराईएको थियो । विदेशमा सदस्य बनेर रहेका पत्रकारहरुका बारेमा बताउँदै कार्यक्रम संयोजक दामोदर नेपालले पत्रकारहरुको पेशागत र भौतिक सुरक्षाको पनि सरकारसँग माग गरेका छन् ।

 

विदेशका कार्यरत नेपाली पत्रकारहरुलाई संगठित गर्ने यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको नेपालले जानकारी दिनुभयो । नेपाली पत्रकारहरु रहेको विभिन्न देशहरुमा पेशागत संगठनको निर्माण गरिनुपर्ने कार्यक्रममा प्रस्तुत गरिएको थियो । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा कार्यक्रमका संयोजक दामोदर नेपालले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्नु भएको थियो भने महासंघका उपाध्यक्ष गोविन्द आचार्यले स्वागत मन्तव्य दिनु भएको थियो ।

सभामुख सुवासचन्द्र नेम्वाडले कार्य्रक्रममा बधाई तथा शुभकामना दिनुभयो । निरकुशंताको बिरुद्धमा कलम चलाउनुपर्ने बताउँदै नेम्बाडले देशको खस्किँदै गएको राजनीतिक अवस्थाको बारेमा जानकारी दिनुभयो । मुलुकमा वा मुलुक बाहिर रहेर सम्बन्धित समाचारहरु संप्रेशण गर्ने काम पत्रकारहरुले गर्ने गरेको हुँदा यो स्वागतयोग्य रहेको पर्यटन मन्त्री शरदिसंह भण्डारीले बताउनुभयो । साथै पत्रकारहरुलाई सुराकी बनाउने नेपाल सरकारको कुनै चलखेल नरहेको स्पस्ट पार्नुभयो । मुलुक बाहिर रहेर देशको राम्रा समाचारहरु प्रसारण गर्ने काममा पत्रकारहरु तल्लीन रहने हुनाले पर्यटन क्षेत्रमा बिकास हुने धारणा राख्नुभयो ।

यस्तो छ प्रवासका नेपाली पत्रकारहरुको काठमाडौं घोषणापत्र

प्रवासी नेपाली पत्रकारहरुको ११ र १२ अक्टुवर २००९, २०६६ असोज २५ र २६ गते काठमाडौंमा सम्पन्न प्रथम विश्व सम्मेलनले विश्वभरी छरिएर रहेका पत्रकारहरुको हकहित र नेपाली पत्रकारहरुको मागप्रति ऐक्यबद्धता जनाउदै प्रवासी नेपाली पत्रकारहरुको काठमाडौ घोषणापत्र २०६६ जारी गरेको छ ।

विश्वका विभिन्न कुनामा छरिएर रहेका नेपाली पत्रकारहरुलाई संगठित गर्दै उनीहरुको हकहित सम्वद्र्धन गर्ने र उनीहरुको पहिचानलाई उजागर गर्ने उद्देश्यका साथ सम्पन्न उक्त विश्व सम्मेलन १४ बुंदे काठमाडौं घोषणापत्र जारी गर्दै समापन भएको छ । संविधानसभाका सम्माननीय अध्यक्ष सुवासचन्द्र नेम्वाड।ले उद्घाटन गर्नुभएको सो कार्यक्रम दुई दिनसम्म चलेको थियो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा कार्यक्रमका संयोजक दामोदर नेपालले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्नु भएको थियो भने महासंघका उपाध्यक्ष गोविन्द आचार्यले स्वागत मन्तव्य दिनु भएको थियो । केन्द्रीय सदस्य उजिर मगरले सचालन गर्नु भएको उक्त कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्री शरतिसंह भण्डारी. नेपाली कांग्रेसका प्रवक्ता अर्जुन नरिसंह केसी .एमालेका महासचिव ईश्वर पोखरेल ,मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका प्रवक्ता जितेन्द्र देव, एनआरएनएका अध्यक्ष डा. उपेन्द्र महतो लगायतकाले पत्रकारहरुको हरेक क्षेत्रमा महत्व रहने कुरा औंल्याउंदै उक्त सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा प्रवासी नेपाली पत्रकारहरुको तर्फबाट नेपाल पत्रकार महासंघ कतार सम्पर्क समितिका अध्यक्ष कुमार कार्कीले कार्यपत्र प्रश्तुत गर्नु भएको थियो भने उक्त कार्यपत्रमाथि दोस्रो दिन वृहत छलफल र अन्तरकि्रया गरी अन्त्यमा सो सम्मेलनले प्रवासी नेपाली पत्रकारहरुको साझा संगठनको रुपमा एउटा साजाल गठन गर्दै १४ बुंदै काठमाडौं घोषणा पत्र जारी गरेको छ ।
उक्त घोषणा पत्र यस्तो छ ।

प्रवासी नेपाली पत्रकारहरुको काठमांडौ घोषणापत्र २०६६

प्रवासी नेपाली पत्रकारहरुको ११ र १२ अक्टुवर २००९, २०६६ असोज २५ र २६ गते काठमाँडौंमा सम्पन्न प्रथम विश्व सम्मेलनले विश्वभरी छरिएका पत्रकारहरुको हकहित र नेपाली पत्रकारहरुको मागप्रति ऐक्यबद्धता जनाउँर्दै यो  प्रवासी नेपाली पत्रकारहरुको काठमाडौं घोषणापत्र २०६६ जारी गर्दछ ।

१ विश्वभरिका प्रवासी पत्रकारहरुको समस्या र प्रवासमा रहेका नेपाली पत्रकार तथा साचार माध्यमलाई प्रवासमा संगठित गर्न नेपाल पत्रकार महासंघको मातहतमा रही कार्य गर्न क्षेत्रीय समिति बराबरको अधिकार प्रत्यायोजन गर्ने गरी सोही स्तरको प्रवासी समिति निर्माण गर्न नेपाल पत्रकार महासंघलाई सुझावसहित यो सम्मेलन माग गर्दछ  ।

२ यो सम्मेलन नेपाल पत्रकार महासंघमा आवद्ध प्रवासी नेपाली पत्रकारहरुको साझा माचका रुपमा  प्रवासी नेपाली पत्रकार साजाल नामक माच गठन गर्ने प्रस्ताव पारित गर्दछ ।

३ प्रवासी नेपाली पत्रकारहरुको हकहितका लागि विश्वव्यापी नेपाली पत्रकार कल्याणकोषको स्थापना गर्न पहल गरिने छ ।

४ नेपाल पत्रकार महासंघको विधानमा प्रवासी नेपाली पत्रकारहरु तथा विदेश स्थित शाखाहरुको स्पष्ट उल्लेख गराउनका लागि विधान संशोधन गर्न यो सम्मेलन माग गर्दछ ।

५ विभिन्न देशबाट संचालित वेभ पत्रिका छापा पत्रिका एफएम तथा टेलिभिजनहरुलाई व्यवस्थित गर्ने तथा गुणस्तर वृद्धि र पत्रकारिताको मूल्य र मान्यता अनुरुप नै साचालित गर्न यो सम्मेलन आग्रह गर्दछ ।

६ प्रवासी नेपाली पत्रकारहरुको पहिचान गरी तिनीहरुको हकहित तथा अधिकार संरक्षण गर्ने दिशामा एकजुट हुन नेपाल पत्रकार महासंघलाई सकृय वनाउने र नेपाल सरकारसंग पहल गरिने छ ।

७ नेपाली पत्रकारहरुद्धारा संचालित अनलाईन मिडियाहरुको दर्ता गर्ने प्रकृया तथा अनलाईन पत्रकारहरुलाई प्रेसपासका लागि पहल गर्न महासंघ र नेपाल सरकारलाई यो सम्मेलन माग गर्दछ ।

८ नेपाल पत्रकार महासंघको विधानमा प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत निर्वाचित हुने व्यवस्था गरी प्रवासी नेपाली पत्रकारहरुलाई मताधिकार र केन्द्रीय समितिमा समावेश गर्ने व्यवस्था गर्नुपर्ने यो सम्मेलन माग गर्दछ ।

९ हालसम्म संचालनमा आएका अनलाइनलाई महासंघले नियमित नियमन र अनुगमन गर्न यो सम्मेलन माग गर्दछ ।

१० श्रमजीवी नेपाली पत्रकारहरुको हकमा सबै संचार गृहमा श्रमजीवी पत्रकार ऐन तत्काल कार्यान्वयन गर्न यो सम्मेलन माग गर्दै महासंघले गरिहेको पहलमा ऐक्यबद्धता जाहेर गर्दछ ।

११ पेशागत मर्यादा कायम राख्दै पत्रकार आचारसंहिता कार्यान्वयन गर्न यो सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ ।

१२ मुलुकमा बढ्दै गएको राजनीतिक गतिरोध तत्काल अन्त्य गरी दलहरु मिलेर समयमै नयां संविधान लेखेर विश्वमा सकारात्मक सन्देश प्रवाह गर्न यो सम्मेलन दलहरुलाई आग्रह गर्दछ ।

१३ नेपाल भ्रमण वर्ष सन् २०११ सफल पार्न प्रवासी पत्रकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने यो सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ ।

१४ गैह्र आवसीय नेपाली संघ एनआरएनको अभियानलाई संचारमाध्यमबाट रचनात्मक प्रचारप्रसार गर्न यो सम्मेलन प्रतिबद्धता जाहेर गर्दछ ।

सबै तस्बीर : सुबिन श्रेष्ठ

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »