संखु, ललितपुर । ५३ औं सहकारी दिवसको अबसरमा पद्मावती बचत तथा ऋण सहकारी संस्था लि आयोजनामा ललितपुर संखु गाविसमा १ दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्थानीय संघ/संस्थाहरु जनमुखी बचत तथा ऋण सहकारी संस्था लि, कालिदेवी दुग्ध उत्पादन सहकारी संस्था लि, ब्राइट भिजन युथ क्लव भूमि थुम्का युवा क्लव नारी उत्ठान संस्था र नेपाल रेडक्रस संखु गाविस उप शाखाको संयुक्त ब्यवस्थापनमा संखु गाविसको श्री मगर गाउँ उच्च मावि मानेचौरमा कार्यक्रस आयोजना भएको हो ।
सो शिविरमा स्त्री रोगका विरामी ९७ जना बाल रोगका विरामी ५८ जना जनरल रोगका विरामी १४४ जना आँखा रोगका विरामी ११५ जना र डेण्टल दाँत रोगका विरामी १३६ जना गरी जम्मा ५२० जना स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो । शिविर पश्चात् आयोजक संस्था र स्थानीय ब्यवस्थापन संघ - संस्था विच अनौपचारिक रुपमा अन्तरकि्रया कार्यक्रम भयो । एक आपसको संस्थाको परिचय एवं कि्रयाकलापवारे जानकारी गराउने उद्देश्यमा साचालित अन्र्तकि्रया पद्मावती साकोसका सचिव कदमलाल महर्जनले संचालन गर्नु भएको थियो ।
कालिदेवी दुग्ध उत्पादन सहकारी संस्था लिका अध्यक्ष भिम लामाको अध्यक्षतामा भएको शिविर समापनमा पद्मावती बचत तथा ऋण सहकारी संस्था लि।sा अध्यक्ष रोशन कुमार शाक्यले पद्मावती साकोसको यो पहलले सहकारी विच सहकार्य भन्ने सिद्वान्त आत्मसात गरेको बताउनुभयो । साथै पद्मावती साकोसका सदस्य एवं कार्य क्षेत्रका स्थानीय जनतालाई निशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले पद्मावती साकोसको उत्कृष्ट सेवा स्वास्थ्य सेवा भन्ने मूल नाराका साथ प्रत्येक दिन पद्मावती स्वास्थ्य केन्द्र मार्फत सदस्य एवं स्थानीय जनतालाई स्वास्थ्य सेवा गर्दै आइरहेको पनि जानकारी दिनुभयो । समापन कार्यक्रममा चिकित्सकको तर्फवाट डा। शान्तवीर महर्जनले संखु जस्तो विकट गाउँमा सेवा गर्ने वातावरण वनाई दिनु भएकोमा पद्मावती साकोस र स्थानीय ब्यवस्थापन समुहका संघ संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो ।
स्थानीय ब्यवस्थापकको तर्फवाट जनमुखी बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष कृष्ण संजेलले पद्मावती बचत तथा ऋण सहकारी संस्था लिले हामी जस्ता दुर्गम गाविसमा वस्ने सहकारीहरुसंग सहकारीको सिद्वान्त अनुसार सहकार्य गरी १० जना चिकित्सकहरुको टोली लगायत आवश्यक संस्थाका स्वयमसेवकहरु परिचालन गराई १ दिनमा ५२० जनालाई स्वास्थ्य सेवा प्रदान गर्ने सकेकोमा आभार प्रकट गर्नुभयो । सो कार्यक्रममा स्थानीय ब्यवस्थापनको तर्फवाट चिकित्सक र पद्मावती साकोसका संचालकहरुलाई सम्मान गरिएको थियो । साथै पद्मावती साकोसको तर्फबाट पनि स्थानीय ब्यवस्थापनमा रहेको ६ वटा संघ संस्थालाई मायाको चिनो प्रदान गरियो ।
Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this