Banner

ललितपुर । ललितपुर प्रहरी कार्यालयको नेतृत्वमा प्रहरी प्रभागको रात्रीकालीन गस्ती बढेको छ । रातभर गस्ती रहेपनि कुनबेला कसको घरमा चोर पस्छ र कतिखेर सार्वजनिक सम्पत्ति चोरिन्छ ठेगान छैन ।

राजधानीको शहिदगेट वरिपरिका फलामेबार बिस्तारै हराउन थालेपछि बाँसको बारले शहिदहरुलाई सुरक्षा दिइरहेको अवस्था छ । सार्वजनिक सम्पत्ति चोरी हुंदा न कसैले उजुरी दिनु आवश्यक ठानेको छ न त कसैको चित्त दुख्दो बिषय नै बनेको छ । यस्तै वेबास्ताका कारण बिस्तारै सार्वजनिक सम्पत्तिहरु गायब हुन थालेका छन् । शहिदगेट वरिपरिकै ढलमा छोपिएर राखेको फलामे बिर्का समेत कुनबेला चोरी भयो कसैले खबर पाएनन् ।

सम्पदा क्षेत्रका मुर्तिहरु सडक छेऊका फलामेबारहरु एकाएक हराउँदै जाँदा पनि सम्बन्धित निकायले समेत
यसबारे गहिरो चासो दिएको अवस्था छैन । तर चोरले घरमा चोरीका लागि जाँदा भने घटना पूर्व नै स्थानीय सचेत र जागा भईदिँदा चोर रित्तै भागेका पनि छन् । प्रहरीको सकि्रयता रहँदा-रहँदै पनि चोरी हुनबाट जोगाउन सकिएको छैन । प्रहरी कार्यालयमा चोरी भएको रिपोर्टबारे छानबिन भइरहेको छ भने रात्री गस्तीमा खटिएका प्रहरीले चोरलाई रंगेहात समेत पक्रेका पनि छन् । यता ललितपुरमा पनि चोरीको घटना बढिरहेको छ भने दर्जनौ चोरीका घटना अझै अनुसन्धान भइरहेका छन् । राजधानीमा पनि हिजोआज चोरीबाट सुन पसल घरानाका घर अस्पतालसमेत मुक्त हुन सकेको छैन । त्यस्तै सार्वजनिक सम्पत्तिमाथी पनि चोरका आँखाहरु घुमिरहेका हुन्छन् ।

राजधानीको शहिदगेटको फलामेबार चोरिएको महिनादिन नबित्दै शिलापत्रसमेत एकाएक गायब भयो । सार्वजनिकस्थलमा रहेका सम्पदा क्षेत्रका कतिपय टुँडालहरु चोरिएका छन् । ललितपुर बगलामुखी परिसर मुर्तिको शीरको पत्तै छैन । लगनखेल जावलाखेल र हरिहरभवनलगायत स्थानका सडकबार समेत बिस्तारै चोरिन थालेका छन् । भर्खरै ढलेको बिसौनी बोर्ड पनि एकै रातमा देखिदैन । सार्वजनिक सम्पत्ति हराउँदै जान थालेको र बढेको चोरीको निगरानीका लागि स्थलगत प्रहरी प्रभागले रात्रीकालीन गस्ती कडा बनाएको पूल्चोक प्रहरी प्रभागका प्रमुख फिरोज बस्नेतले बताउनुभयो ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »