Banner

ललितपुर । सहकारीको १७ लाख भन्दा बढी ठगेको अभियोग लागेका एक अभियुक्त ८ वर्षपछि पक्राउ परेका छन् । पाटनस्थित ॐ बचत तथा सहकारी ऋण सहकारी संस्था खोली जम्मा भएको १७ लाख २६ हजार रुपैयाँ ठगी गर्ने ७ जना मध्ये फरार रहेका रिसभ ताम्राकारलाई प्रहरीले पक्राउ गरेको हो ।

 

ठगीको आरोपमा ललितपुर जिल्ला अदालतले २०५८ सालमै उनीहरुलाई २ वर्ष १० महिना कैद र जनही १७ लाख जरिवानाको फैसला सुनाएको थियो । ताम्राकार त्यतिबेला देखि फरार रहेका थिए । समूहका अन्य ६ जनाले भने यसअघिनै सजाय काटिसकेका छन् । ललितपुरस्थित सौगलबाट पक्राउ परेका ताम्राकारलाई नख्खु जेल चलान गरिएको छ । कुनैपनि सहकारीमा नगद जम्मा गरिरहेका बचतकर्ता सचेत बन्नुपर्ने र जिल्लाभित्र रहेका सहकारी संस्थामाथि समेत प्रश्न चिन्ह उठ्न थालेको अवस्था छ ।

यता भर्खरै भक्तपुरको व्यासीमा रहेको नभकुमारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरिएका सदस्यका नगद मौज्दात गायब भएपछि यस्तो अवस्था आएको हो । सहकारीमा बचत गरिएको रकम गायब हुनुका साथै उक्त सहकारीको हिमालयन बैंकमा रहेको खातामा भने २ हजार ५ सय नगदमात्र देखिएको छ । सो सहकारीको ९४२ सदस्य रहेका थिए । यस विषयमा सहकारीका बचतकर्ताहरुले स्थानीय प्रहरीमा पूर्व साचालकका विरुद्धमा कारवाहीको लागि गएका थिए भने प्रहरीले अर्काे सातासम्म म्याद दिई पठाएको बताईएको छ ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »