Banner

काठमाडौं । काठमाडौं विश्वव्यापी मौसम परिवर्तनको असरले नेपाल लगायतका चार मुलुकमा आगामी बीस वर्षमा पानीको ठुलो हाहाकार मच्चिने विज्ञहरुले निचोड निकालेका छन् । यतिमात्र होइन नेपाल भारत बङ्गलादेश र चीनको दक्षिणी भाग तिब्बतलगायतमा सोको प्रभावसँगै सन् २०५० मा अहिलेको उत्पादनको तुलनामा ५० प्रतिशतले उत्पादन घट्ने सम्भावना पनि रहेको बताइएको छ ।

पानीको हाहाकार मच्चिने त्यस आवधिसम्म यी मुलुकमा २७५ अर्ब घनमिटर पानी घट्ने र त्यसबाट उत्पादन तथा पानीको दृष्टिकोणले नेपाललगायतका यी मुलुक मरुभूमि सरह हुनसक्ने औंल्याइएको छ । यो डरलाग्दो स्थिति विश्वव्यापी मौसम परिवर्तनकै कारण उत्पन्न हुन थालेकाले त्यसको समयमै उपचार खोज्नेतिर  लाग्न पनि विज्ञहरुले जोड दिएका छन् । सिङ्गापुरमा साचालित 'सिङ्गापुर इन्टरनेसनल वाटर विक २०१०' नामक सेमिनारमा सहभागी विशेषज्ञहरुको छलफलले समयमै उपचार खोज्नुपर्ने निष्कर्ष निकालेको छ ।

सिँचाइमन्त्री बालकृष्ण खाँण, सिँचाइ मन्त्रालयका सचिव उमाकान्त झा, सिँचाइविभागको महानिर्देशक अनिल पोख्रेललगायतका प्रतिनिधिमण्डलले भाग लिएको त्यस सेमिनारमा नेपालका तर्फबाट मौसम परिर्वतनले हालका दिनमा भइरहेका असरहरुबारे अवगत गराइएको बताइएको छ । सिँचाइ मन्त्रालयका सहसचिव एंव सुपरिटेन्डेन्ट इन्जिनियर मथुरा डङ्गोलले सो सेमिनारको निष्कर्षले नेपाललगायतका मुलुक लाई धेरै चिन्तित तुल्याएको बताउनुभयो । मौसम परिवर्तनले पार्ने असरहरुका सम्बन्धमा अहिलेदेखि नै सचेत भई समाधानतर्फ जुट्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

मौसम परिवर्तनले पार्नसक्ने असर न्यून गर्न तथा त्यसबाट बच्न बढी वृक्षरोपण गर्ने वनजङगलको संरक्षण गर्ने धुवाँ धुलोलगायत औद्योगिक कारखाना तथा  यातायातका साधनबाट निस्कने कार्बनडाइअक्साइड कम गनॆ्र तर्फ अभियान नै चलाउनुपर्ने सम्बद्ध विज्ञहरुको सुझाव छ । आगामी त्यस भयावह स्थितिबाट जोगिन तथा प्रभाव न्युन गर्न खासगरी वातावरण सन्तुलन सँगै वनजंगल संरक्षण  भुक्षय नियन्त्रण गर्नेलगायतका काममा मुलुक प्रतिबद्ध भई लाग्नुपर्ने सिँचाइ मन्त्रालयका  प्रवक्तासमेत रहनुभएका डङगोलले उल्लेख गर्नुभयो ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »