Banner

भक्तपुर, १० साउन । पूर्व राजा ज्ञानेन्द्रको समाचार संकलनका लागि पुगेका संचारकर्मीहरुलाई सुरक्षाकर्मी र स्थानीयले सोमबार कुटपिट गरेका छन् । ज्ञानेन्द्र भक्तपुरस्थित चितपल-७ मा आयोजित महायज्ञको समापनमा पुगेका थिए ।

ज्ञानेन्द्रसंग प्रतिक्रिया लिन लाग्दा उनको सुरक्षामा खटिएका सुरक्षाकर्मी तथा यज्ञ व्यवस्थापन समितिका मानिसहरुले पत्रकारहरुलाई दुव्र्यवहार गर्दै कुटपिट समेत गरेका हुन् । कुटपिटबाट काभ्रे पत्रकार महासंघका सभापति भोला थापा,काभ्रे कान्तिपुरकर्मी मनोज वस्नेत हातमा चोट लागेर घाइते भएका छन् ।

भक्तपुरस्थित कान्तिपुरकर्मी मकर श्रेष्ठ र सगरमाथा टेलिभिजनको क्यामरा फुटाइएको छ । त्यहाँ भक्तपुर र काभ्रेका संचारकर्मी रिपोर्टिङका लागि पुगेका थिए ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »