विनोद परियार, बुटवल, १३ साउन । स्वतन्त्र विद्यार्थी यूनियन लुम्बिनी बाणिज्य क्याम्पस बुटवलले क्याम्पसमा देखिएको विवादको बिषयमा संचालक समिति मौन बसेको भन्दै समिति बिघटनको माग गरेको छ ।
स्ववियूले क्याम्पस परिसरमै पत्रकार सम्मेलन गर्दै बर्तमान संचालक समितिको गैरजिम्मेवार बनेको र समस्या बल्झिदै गएको भन्दै संचालक समिति विघटनको माग गरेको हो । लुम्बिनी बाणिज्य क्याम्पसको संचालक समितिमा एउटै परिवारका ८/९ जना सदस्य रहेको बताउँदै क्याम्पसका स्ववियू सभापति सन्दिप विकले नेविसंघ वार्तामा नआएर बिषयलाई झन जटिलतातर्फ लगेको आरोप लगाउनुभयो ।
नेविसघले क्याम्पस प्रमुख डा. ईश्वर गौत्तम र स्ववियूका सभापति सन्दिप विकलाई कारवाही नहुँदासम्म वार्तामा नबस्ने बताएको छ । दुवै संगठनको आ आफनै अडानका कारण क्याम्पसको विवाद झनै जटिल बन्ने देखिएको छ । क्याम्पसमा जारी विवादका कारण पाँच दिनदेखि बन्द छ ।
Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this