Banner

विनोद परियार, बुटवल, १४ साउन । रुपन्देहीका निजी तथा आवासीय विद्यालयहरुले शिक्षा नियमावली विपरित शुल्क उठाइरहँदा जिल्ला शिक्षा कार्यालयले कुनै चासो दिएको छैन । जिशिका मुक दर्शक भएको जनाउँदै अभिभावक संघ रुपन्देहीले आज जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाएका छन् । संघले विद्यालयहरुले शिक्षा नियमावली विपरित शुल्क लिएको र   जिल्ला शिक्षा कार्यालयले ध्यान नदिएको भन्दै तत्काल अनुगमन गर्न आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी ताराप्रसाद गौत्तमसमक्ष ज्ञापनपत्र बुझाएको हो । संघका अध्यक्ष लोकनाथ ज्ञवाली तथा सचिव प्रकाश खनालद्धारा संयुक्तरुपमा हस्ताक्षरित ज्ञापनपत्रमा तत्काल अनुगमनगरि अनिमितता नरोके आफुहरुले जस्तोसुकै कदम चाल्न सक्ने चेतावनी ज्ञापनपत्रमा छ ।

शिक्षा नियमावलीको परिच्छेद (२५) को शुल्क ब्यवस्था सम्बन्धी धारा १४६ को खण्ड (ख) १ मा विद्यालयले पहिलो पटक भर्ना हुँदा एकपटक भर्ना शुल्क लाग्ने उल्लेख भएपनि नियम विपरित रुपन्देहीका निजी विद्यालयहरुले शुल्क लिइरहेको संघको आरोप छ ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »