Banner

बिचार

जगन्नाथ लामिछाने । केहि महिनाअगाडि काठमाडौंमा एकजना कानुन व्यवसायीले आफ्नो व्यक्तिगत मर्यादामा चोट पुगेकाले आत्महत्या गरे । उनलाई अन्तिम श्रद्वाञ्जली दिन सहकर्मी कानुन व्यवसायीहरूको पशुपतिमा भीड देखियो । अन्तिम श्रद्वाञ्जलीसँगै कानुन व्यवसायीहरूले आफ्नो कर्तव्य पूरा भएको सम्झे । अरूको बाँच्न पाउने अधिकारका लागि जीवनभर लड्ने पेसा बोकेका कानुनकर्मीहरू आफ्नै सहकर्मीको आत्महत्याको मौन दर्शक बने ।

शिवप्रसाद गौतम । उपत्यकामा सबैलाई डर, त्रास, भय, अभाव र महँगीले आक्रान्त पारेको छ । यति मात्र होइन, उपत्यका अव्यवस्थित मानव वस्तीको सागर बनिरहेको छ । यसो हुनुमा शासकहरूको अदूरदर्शिता अकर्मण्यता र दण्डहीनता नै हो ।

वीरेन्द्रप्रसाद यादव । शारीरिक आक्रमण र यौनगत अपराधमात्र होइन महिलालाई तिनका स्वतन्त्रता सम्बन्धी अधिकारबाट बञ्चित गर्ने हरेक व्यवहार महिला हिंसा अन्तरगत पर्दछन् । तराईमा महिला उपर कुटपिट, हत्या, बलात्कार, दुव्र्यवहार, मलमुत्र खुवाउने, समाज निकाला गर्ने लगायतका हिंसा भएका छन् । उनीहरूका अधिकारमा व्यापक कटौती पनि हुनेगरेको छ । अपराधीबाट मात्र होइन आफन्त र घरपरिवारबाट बढी पीडित छन् उनीहरू ।

अनन्त यात्री खनाल  । लोडसेडिङको बहुआयमिक चरित्र हुन्छ तर यो बुझ्ने मानिस नगण्य सङ्ख्यामा छन् । त्यसले गर्दा विद्युत् प्राधिकरण लोडसेडिङ गर्नासाथ जनताको कोपभाजन बन्न पुगिहाल्छ । त्यसको प्रमाण ठाउँठाउँमा जनताले जुलुस निकालेर टायर बालेर अनि चर्को नाराबाजी गरेर विद्युत् प्राधिकरणप्रति आक्रोश व्यक्त गर्दै आएको छ ।

श्याम फैयेकू । संविधान लेख्ने ऐतिहासिक कार्यमा जनताको राय सुझाव संकलन गर्ने सिलसिलामा डिल्लीबजारको सदरखोर कारागारमा राय सुझाव काठमाडौंमा संकलन उपटोली-२ का संयोजक माननीय सुप्रभा घिमिरेको नेतृत्वमा २०६५ चैत्र ६ गते बिहानको ९.३० बजे माननीय सीपी मैनाली माननीय इन्द्रमाया गुरुङ र म सहित हामी कर्मचारीहरुको चार जना सदर खोरमा गयौं । हाम्रो टोलीमा माननीय गगन थापा भएपनि स्ववियू चुनावको कारण वहाँ उपस्थित हुनु भएन ।

आचार्य प्रभा । हुनत जुनसुकै कुराको पनि आ -आफ्नो पक्ष हुन्छ ,राम्रो नराम्रो ,असल कमसल । जहाँ राम्रो हुन्छ त्यहाँ नराम्रो कुराको पनि बास हुन्छ तर हामीले त्यसलाई पहिला नै आत्मासात गर्न सक्नु पर्दछ । म यो आइपर्‍यो भने यसरी यसलाई समाधान गर्छु अर्थात यसरी यसलाई सुल्झाउछु भन्ने हामीमा अठोट हुनु पर्दछ त र कहिले काही यस्तो सोँच्न नपाई कत्ती कुरा भै दिन्छ कि फुर्सदमा पश्चताप हुन्छ । हो मलाई पनि यो ''फेसबूक''को प्रयोग सम्बन्धमा यस्तै भयो । मलाई थाहा सम्म थिएन के हो फेसबूक र यसमा के हुन्छ ? भनेर ।

गोविन्द पोखरेल । चार वर्षअघि देखिएको सहमति, सहकार्य र प्रतिबद्धता अहिले बीच सडकमा बेवारिसे अवस्थामा छ । गणतन्त्र स्थापना गर्न देखिएको एकता अहिले नराम्रोसँग भत्किएको छ । राजनीतिक यात्राका चारवर्षे छोटो समयमा नै पार्टीका सहकर्मी नेताहरूमा देखिएको अहं, एक अर्काप्रतिको नकारात्मक सोच र विश्वासको सङ्कटले थुप्रै पाठ सिकाएको छ तर ती पाठबाट सिकेर अगाडि बढ्ने जमर्को गर्ने छाँट नेताहरूमा अहिले पनि देखिएको छैन ।

शम्भु श्रेष्ठ । नेपालको इतिहासमा धेरै पटक राजनीतिक परिवर्तन भएका छन् । यी परिवर्तनहरू आफैँ भएका होइनन्, जनताले गरेका परिवर्तन हुन् । जनताले चाहृयो भने के हुन्न ? जे पनि हुन सक्छ भन्ने कुराको उदाहरण हाम्रै देशमा पनि धेरै भेट्टाइन्छ । तर, दुर्भाग्य जतिसुकै ठूलो राजनीतिक परिवर्तन भए पनि त्यसले मुलुकलाई समृद्धि प्रदान गर्न सकेको छैन । हामी गरिबी, अशिक्षा, रोग, भोक र शोकमै रमाई रहेका छौँ । गरिबी र अशिक्षा हाम्रा लागि राजनीति गर्ने अस्त्र बनेको छ । तिनै गरिब जनतालाई हामीले विश्वसामु 'मागीखाने भाँडो' बनाएका छौँ । यो भन्दा लाजमर्दो कुरा अरू के हुनसक्छ ?

रामकुमारी झाँक्री । नयाँ संविधान नबनेसम्म र शान्ति प्रक्रिया टुङ्गोमा नपुगेसम्म ऐतिहासिक जनआन्दोलनका उपलब्धिको रक्षा गर्न सकिँदैन । लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन सक्दैन । यो तथ्यलाई बुझेर पनि केही नेताहरू आग्रह-पूर्वाग्रहबाट ग्रसित छन् ।

जुनी बज्र बज्राचार्य ।  असंख्य चाहनाहरु जन्मिरहन्छन् । एउटा समाधान भए लगत्तै अर्का प्रकट हुन्छ । यस्तै असिमित आकाक्षा परिपुर्ति गर्न विश्वका हरेक नागरिक रोजगारीको खोजीमा  भौतारिरहेका हुन्छन् । विविध अवसरहरु खोजिरहेका हुन्छन् ।

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »