Banner

जगन्नाथ लामिछाने । केहि महिनाअगाडि काठमाडौंमा एकजना कानुन व्यवसायीले आफ्नो व्यक्तिगत मर्यादामा चोट पुगेकाले आत्महत्या गरे । उनलाई अन्तिम श्रद्वाञ्जली दिन सहकर्मी कानुन व्यवसायीहरूको पशुपतिमा भीड देखियो । अन्तिम श्रद्वाञ्जलीसँगै कानुन व्यवसायीहरूले आफ्नो कर्तव्य पूरा भएको सम्झे । अरूको बाँच्न पाउने अधिकारका लागि जीवनभर लड्ने पेसा बोकेका कानुनकर्मीहरू आफ्नै सहकर्मीको आत्महत्याको मौन दर्शक बने । नेपालमा पछिल्लो अधिकारको बहसमा बाँच्न पाउने अधिकारलाई पहिलो प्राथमिकता दिइएको पाइन्छ । युवा, महिला, अपांगता भएका व्यक्तिहरू, मधेसी, जनजातिलगायत अरू सीमान्तकृत वर्गको अधिकारमुखी बहसको पहिलो बुँदा बाँच्न पाउने अधिकार हो । तर ती कानुन व्यवसायीले  जस्तै आत्महत्याको बाटो समाउन विवश हजारौं नेपालीको बाँच्न पाउने अधिकारलाई सुनिश्चित नगरेसम्म सतहमा गरिने बहसहरू फोस्रा हुन् । जसका न्यायिक र विवेकशील समाजको निर्माणमा खासै योगदान पुर्‍याउन सक्दैनन् । बाँच्न पाउने अधिकारको पहिलो सर्त मानिसलाई आत्महत्या गर्ने अवस्थासम्म पुग्न नदिनु हो ।

समाजमा आत्महत्यालाई व्यक्तिगत कमजोरीको रूपमा लिइन्छ तर यो सत्य होइन । धेरैको आत्महत्या रोजाइ होइन, सामाजिक परिबन्द हो । मानिसले आत्महत्या गर्नुभन्दा अगाडि समाज र परिवारबाट आवश्यक सहयोग खोजेका हुन्छन् । आत्महत्या सहायताविहीन सामाजिक अवस्थाको परिणाम हो । हाम्रो समाज पाखण्डी छ । व्यक्तिले आफ्नो जीवनका फरक भोगाइ, जटिलता र वास्तविक अनुभवहरू परिवार र समाजमा बोल्न सक्ने अवस्था छैन । धेरै अर्थमा हामी जे देखिन्छौं, त्यो होइनांै । यो पाखण्डीपनको प्रभाव मानसिक स्वास्थ्यमा परिरहेको छ । त्यसैले मानसिक रूपमा फरक अवस्था भएका मानिसहरू, जो मानसिक रूपमा अस्वस्थ छन् अथवा मानसिक रूपमा अपांग बनेका छन्, आफ्नो अनुभव जीवनभर लुकाउन विवश छन् । त्यो वर्गलाई सामाजिक विभेदले थप कमजोर बनाएको छ । राज्यले उनीहरूका लागि आत्महत्याको बाध्यात्मक बाटोबाहेक अरू विकल्प दिन सकेको छैन ।

समाजमा मानसिक रूपमा निहत्थावर्ग ठूलो छ, भलै त्यो दबिएको अवस्थामा छ । मानसिक रूपमा अस्वस्थ बन्नु पहिचान र अधिकारविहीन बन्नु हो भन्ने आमजनधारणाले यो निहत्थावर्गलाई अझ जटिलतातर्फ धकेलिदिएको छ । आवाज छ्रैन्, पहिचान छ्रैन तर समस्याको प्रकृति विकराल छ । समाज निरीह बनेर बनेको छ । यही समस्याको भुमरीबाट भाग्नका लागि ती कानुन व्यवसायीले रोजेजस्तै बाटो समात्नेहरूको ताँती बढ्दो छ । नेपालमा विशेषगरी युवाहरूको बढ्दो आत्महत्याको दरले यसलाई पुष्टि गर्छ । सन् २००८ मा नेपालमा तीन हजारभन्दा बढी मानिसले आत्महत्या गरे, जसमा अधिकांश युवा थिए ।

मानसिक अस्वस्थता र यसबाट सिर्जित अपांगताको अब घरेलु र व्यक्तिगत प्रयासबाट मात्र समाधान सम्भव छ्रैन । यो एक विकराल सामाजिक समस्याको रूपमा देखा परेको छ । यसको समाधानका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय पहलको जरुरी छ । यस क्षेत्रमा उच्च संवेदनशीलता र ठूलो लगानीको आवश्यकता छ । यस तथ्यलाई दृष्टिगत गर्दै सन् २००८, अक्टोबर १० बाट विश्व मानसिक स्वास्थ्य अभियानको सुरुवात भएको छ । मानसिक रूपमा अस्वस्थ व्यक्तिहरूको विशेष मानव अधिकारसहित समाजमा बाँच्न पाउने अधिकारलाई स्थापित गर्नु यो अभियानको प्रमुख उद्देश्य हो । विश्वभरि हरेका वर्ष अक्टोबर १० मा विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ ।

घरेलु हिंसाबाट पीडित महिला मानसिक रूपमा स्वस्थ जीवन बाँच्न सक्दिनन् । आमा बन्ने अवस्थामा रहेकी महिला वा आमा बनिसकेको एक वर्षसम्मको अवधिमा कुनै पनि महिला पुरुषहरूको तुलनामा मानसिक रूपमा अस्वस्थ बन्न सक्ने दस गुणासम्म बढी खतरामा रहन्छिन् । गरिबी मानसिक अस्वस्थताको सबैभन्दा ठूलो कारण हो । सामाजिक असमानता र बेरोजगारीले मानसिक विचलन, हीनताबोध र असुरक्षा निम्त्याउँछ । मानसिक अस्वस्थताले संसारमा सबैभन्दा धेरै अपांगता सिर्जना गर्छ । प्रत्यक वर्ष मानसिक अस्वस्थताको कारण २ करोड महिला मानसिक रूपमा अपांग बन्छन् साथै अरू दीर्घकालीन रोगको सिकार बन्छन् । हरेक वर्ष विश्वमा १० लाखभन्दा बढी मानिसले आत्महत्या गर्छन् । यसमध्ये ७३ प्रतिशत आत्महत्या गर्ने मानिस गरिब देशका नागरिक हुन् । विश्व स्वास्थ्य संगठनका अनुसार, गत दुई शताब्दीमा आत्महत्याको वृद्विदर ५ बाट ६२ प्रतिशत पुगेको छ । तर बाँच्न पाउने अधिकारको बहसमा यो प्राथमिक विषय नै छुटेको छ । र हाम्रा बहसहरू अपूर्ण छन् ।

बाँच्न पाउने अधिकार सबैका लागि हो । रोग, भोक, अशक्तताको कारण जीवन नै जोखिममा रहेको जनसंख्या यो अधिकारका प्राप्तिका लागि पहिलो वैधानिक वर्ग हो । तर सीमान्तकृत समुदायको अधिकारको नाममा उपलब्ध साधनस्रोतको पहुँचबाट वास्तविक सरोकारवालाहरू नै वञ्चित छन् । यसमा दातृ निकायहरूको भूमिका त्रुटिपूर्ण देखिन्छ । सरकारसँग पनि यो समस्यालाई सम्बोधन गर्ने कुनै नीति नियम छैन । अहिलेको अवस्था भनेको काठमाडौंमा रहेका युवा, महिला वा दलित अधिकारका लागि काम गर्ने संघ-संस्थाहरूले भौगोलिक वा अरू कठिनाइ भएका ठाउँ र मानिसको अतिरञ्जित चित्रण गरेर आफ्नो फाइदाका लागि साधन स्रोतको अधिकतम उपभोग गरिरहेको अवस्था हो । अपांगता भएका युवा र महिला  युवा र महिलाभित्रको दलित वर्ग हुन् । आफ्नो सरोकारको मुद्दामा समेत साधनस्रोत माथिको पहुँचबाट उनीहरू वञ्चित छन् ।

दातृनिकायहरू वास्तविक सरोकारवालाहरूको सशक्तीकरणका लागि उनीहरूको नेतृत्वलाई बिरलै सहयोग गर्छन् तर कुनै पहुँचवाला व्यक्ति वा संस्थाहरूका लागि जस्तोसुकै पनि सहयोग पुर्‍याउन तयार रहन्छन् । अपांगता भएका व्यक्तिहरूले आयोजना गरेका कार्यक्रमका लागि भन्दा समान प्रकृतिको कामका लागि पहुँचवाला संस्थाले ३,४ गुणाभन्दा बढी रकम पाएको देखेपछि मभित्र बाँच्न पाउने अधिकारको बहसमाथि प्रश्नचिह्न उठेको छ । यो बाँच्न पाउने अधिकार कसका लागि हो भन्ने आफैंमा विवाद हो । बाँच्न पाउने अधिकार भौगोलिक विकटता भएका युवा वा महिलाका लागि काठमाडौंंमा सेमिनार गर्ने वर्गको अधिकार हो वा वास्तविक सरोकारवालाहरूमाथि उनीहरूकै नेतृत्वमा गरिने प्रत्यक्ष लगानी हो ? लक्षित समूहसम्म लगानी पुग्न सकेको छैन । यसका लागि प्राथमिक रूपमा सरकार दोषी छ । सीमान्तकृत वर्ग जसले भोलिको आशा गुमाएका छन्, उनीहरूको यथोचित संरक्षण र सशक्तीकरणका लागि सरकारसँग दातृनिकायहरूलाई परिचालन गर्ने नीति नियमहरू छैनन् ।

मानसिक रूपमा अस्वस्थ र मानसिक अपांगता झेलिरहेका व्यक्तिहरू जो रोगको कारणभन्दा पनि सामाजिक विभेद, तिरस्कार, शोषणका कारण आत्महत्याको बाटो रोज्न विवश छन्, उनीहरूको आवश्यकता सम्बोधनका लागि सरकार र दातृ निकायहरूको लगानी शून्यप्रायः छ । यो बाँच्न पाउने अधिकारको उपहास हो र चरम विभेद हो । यो अवस्था मानव अधिकारको मुद्दामा काम गर्नेहरूमा रहेको संवेदनहीनताको खुला नमुना पनि हो । देशमा मूल कानुन बनाउने गृहकार्य भइरहेको छ । मानसिक रूपमा अस्वस्थ र अपांगता भएका व्यक्तिहरूको समाजमा बाँच्न पाउने अधिकारलाई संविधानमा सुनिश्चित पार्नुपर्छ । मानसिक वा शारीरिक रूपमा फरक अवस्था भएकै कारण कुनै पनि नागरिकले ती कानुन व्यवसायीले जस्तै आत्महत्या गर्नुपर्ने अवस्था भोलिको दिनमा आउन दिनुहुँदैन ।

लेखक मानसिक स्वास्थ्य तथा अपांगता अधिकारकर्मी हुन् ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • पारिजातको सम्झनामा ! भक्तपुर साहित्यिक समाजको नियमित मासिक घुमन्ते साहित्यिक शृंखला भाग–२ को तेहौं संस्करण मध्यपुर ठिमीस्थित मोर्डन कलेज अफ म्यानेजमेण्टमा सम्पन्न भयो ।

    ठूलो आकृति »
  • न्यायको दृष्टि ! प्रधानन्यायधीस खिलराज रेग्मी मेघा बैंक तस्वीर प्रदर्शनीको अवलोकन गर्नुहुँदै । प्रदर्शनी भोलीसम्म चल्नेछ । तस्वीर सौजन्य : फोटो जर्नालिष्ट क्लब

    ठूलो आकृति »
  • बन्दमा बालक ! ब्राम्हण क्षेत्री समाजले जातीय राज्यको बिरोध तथा आफ्नो पनि पहिचान हुनुपर्ने लगायतका माग राखेर आव्हान गरेको बन्दमा खटिएका बालकहरू । तस्वीर : स्टेफिनी बुई/अनलाईन पत्रिका

    ठूलो आकृति »
  • बाल जागीर ? ललितपुरको झरूवारासीस्थित एक इँट्टाभट्टामा कार्यरत बालक । यहाँ आमाबुबालाई सघाउन दर्जनौ बालबालिका यसरी काममा खट्छन् । तस्वीर : अजय देशार

    ठूलो आकृति »
  • उत्कृष्ट तस्वीर छानियो ! फोटो पत्रकार क्लवले आयोजना गरेको मेगा बैंक फोटो प्रतियोगिता–२०६८ का लागि देशभरबाट उपलब्ध फोटोहरू मध्येबाट उत्कृष्ट १ सय ३८ फोटो छानिएका छन् । गोपाल चित्रकार, जगदिश तिवारी, विजय कुमार पाण्डे, आदित्य बराल, मणि लामा, सुजन चित्रकार र चन्द्रशेखर कार्कीको निर्णयक मण्डलले प्रतियोगितामा सहभागी फोटोहरुमध्येबाट उत्कृष्ट फोटो छानेको हो ।

    ठूलो आकृति »
  • लुम्बिनीतिर साईकल यात्रा ! लुम्बिनी यात्रा नाम दिइएको तीनदिने साइकल यात्रा सम्पन्न भएको छ । विश्व साईकल संस्थाको आयोजनामा भएको साइकल यात्रा पुस्कर शाहको नेतृत्वमा भएको थियो । तस्वीर सौजन्य : किशोर श्रेष्ठ

    ठूलो आकृति »
  • हेर्दाहेर्दे सखाप ! थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती सुरक्षा संयन्त्रको सहयोगमा हटाइएको छ । २ सय ४४ घरधुरी भएको बस्ती हटाउने क्रममा बिहानैदेखि तनाव उत्पन्न भएको थियो । तस्वीर : सानुराजा महर्जन

    ठूलो आकृति »
  • नेपाल पत्रकार महासंघ यूएई शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकारिता सम्बन्धि तालिम सम्पन्न गर्दै प्रेस स्वतन्त्रता दिवश मनायो । महासंघका पदाधिकारीहरु साथै प्रशिक्षकगरी करिव १८ जना व्यक्तिहरुको उपस्थिती रहेका थिए ।

    ठूलो आकृति »
  • नागरिकता छलफल : एनआरएन यूके पाचौ कार्यसमितीको सातौ बैठक सम्पन्न भएको छ । कार्यक्रम उपाध्यक्ष महेन्द्र कंडेलले श्वागत गर्दै एनआरएनको नागरिकता सम्बन्धी पीडालाई जस्ताको तस्तै नेपालमा लगि परिणाम मुखी बनाइदिन प्रमुख अतिथि नेपाल सरकारका भूपू शिक्षामन्त्री तथा नेकपा एमालेका केन्द्रिय सदस्य गगांलाल तुलाधर समक्ष आग्रह गरेका थिए । तस्बीर : जिब बेल्बासे /युके

    ठूलो आकृति »

  • ललितपूरमा रहेको रातो मच्छिन्द्रनाथ परिसर बती बाल्दै एक बालिका । रथ तान्ने कार्यक्रम बैशाख १३ बिहिबार गते परेको छ तस्वीर : एनपीटिए

    ठूलो आकृति »
. .
Banner
Banner

Advertisement

Banner

प्रतिकृयाहरु