Banner

सुविन श्रेष्ठ । फेरि पनि प्रश्न उठेको छ । के साईबाबा जादुगर हुन्  उनको चमत्कार हातको सफाई मात्र हो  उनी कलात्मक शैलीमा भक्तजनलाई आफुमा आकर्षित गरिरहेका छन्  उनले समकक्षीको सहयोगमा अरु भक्तजनहरुलाई आँखामा धुलो पारिरहेका छन्  साईबाबा प्रतिको आस्था र विश्वास भएकाहरु फेरि एकपटक यो घटनालाई साक्षात्कार गर्न बाध्य बनेका छन् ।

एक टेलिभिजनमा देखाईएको साईबाबाका केही त्यस्ता 'जादुगरी' दृश्यले यी प्रंश्नहरु उठेका हुन् । हुन त विगतमा पनि साईबाबाप्रतिका यस्तै घटनाहरु सार्वजनिक नभएका होईनन् । भारतका एक प्रख्यात जादुगरले साईबाबाले गर्ने गरेका चमत्कारलाई सबैका सामु देखाएर साईबाबाले हातको जादु अर्थात भक्तजनलाई फँसाईरहेका छन् भनेर समाचारहरु बाहिर आएका थिए । अहिलेको घटना पनि उस्तै हो । भारतमा दुई दशकदेखि अधंविश्वास कुराहरुमा अनुसन्धान गरिरहेका भारतीय प्राध्यापक डा. नायडुले यसलाई सार्वजनिक गरेका हुन् । साईबाबाले विभुती दिने प्रकृया र कृपा गर्ने गरेका यथार्थहरु हातको एक सफाई हुन् भनेर मिडियाको अघि देखाए ।

हातको कलात्मक शैली र जादुबाट साईबाबाले यसो गर्ने गर्देछन् भन्दै उनको प्रश्न समेत गरेका थिए । विभुती दिनसक्नेले एक किलो चामल दिएर देखाउन किन सक्दैनन् ? साईबाबाका तीन दृश्यहरु समेटिएको विडियो दृश्यमा  उनले हातैको सहयोगले विभुती दिएका छन् भने एक सहयोगी ले गुप्त रुपमा दिएको हारलाई सबैका सामु हात घुमाएर प्रकट गरेका छन् । एक अर्का दृश्यमा पारस मणि पहिला खाएको देखाईएको छ भने केही क्षणमा फेरि सो मणिलाई मुखबाट निकालिएको दृश्य देखाईएको छ । यी सबै दृश्यलाई हेर्दा सहजरुपमा पत्याउनुपर्ने अवस्था छ ।

यद्धपी साईबाबाप्रति श्रद्धामय भाव राखेका भक्तजनहरु यो कुरा मान्न तयार छैनन्। । न त बाबाको नाम र कृपाबाट बाबाको मार्गमा रहेका अनि बाबाप्रति श्रद्धा र आत्मसात गरिरहेका भक्तहरु बाबाको जादुगरी कला नै हो भनेर विश्वास गरिरहेका नै छन् । किनभने साईबाबाको नाम जप्नाले बाबाप्रतिको आस्थाले निकै दुख तथा निकै चमत्कारी घटना पनि हुँदै आईरहेका छन् । नेपाल र भारतका करोडौं भक्तजनहरुले अदृश्यरुपमा बाबाका आशिर्वाद र कृपाबाट दुविधाबाट मुक्ति पाएका छन् । सत्य/असत्यको खोजी गर्नु आवश्यक रहेपनि मनले गरेको समर्पित भक्ति र भाव श्रद्धा कहिल्यै झुठो हुन सक्दैन भनेर बुझनु नै अकात्य सत्य हो ।

 

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »