Banner

हस्त गौतम मुदुल । सन् १९९३ मा तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालासंग प्रत्यक्ष भेट्ने अबसर मिल्यो । राष्टिय अपांग महासंघको संस्थापक महासचिवको हैसियतले म र अध्यक्ष निर्मल देबकोटा सँगै थियो । गिरिजाबाबुले हामीलाई आश्वस्त पार्दै भन्नुभयो 'तपाईहरु आफुलाई मात्र अपांग छु भनेर हिनताबोध नगर्नुहोला । तपाईहरु शारिरीक अपांग हुनुहुन्छ भने हामी नेताहरु पनि राजनैतिक अपांग भएका छौ ।' यो शव्दले मलाई मनमा आजै पनि उथलपुथलको नजारा देख्छु । हो आज महसुस भएको छ । सवै नेताहरु राजनैतिक अपांग नै रहेछन । माओबादीको आगमनले पनि देशमा कुनै सकारात्मक पहल गर्न सकेनन् । आखिर जनता त उही हो । हिजो जस्तो ।

यी अपांग राजनैतिक नेताहरुले आज हरेक नागरिकलाई बिना पर्खाल भित्रको कैदी बनाएका छन । आज त्यस्तै । संकटग्रस्त देश र जनताको नैस्रगिक अधिकार माथी हरुतक्षेप त्यही रुपमा बढिरहेका छन् । देश अन्योलग्रष्त छ । घाइते अपांगहरु उपचार नपाएर एउटा बैशाखीसम्म जुटाउन सकेका छैनन । जिउमा लागेको गोलीसम्म निकाल्ने अबस्था छैन । आफैले कमाएर परिवार पाल्नुपर्ने नेपालीको जिवनसैलीमा अपांगभै अर्काको भर र दयामा बाँच्न बाध्य हुनूपर्दा कतिका मन छिया छिया बनेका छन् । हरपल नरोएका को होला । देशमा न रोजगारी छ न जीवन अघि बढाउने कुनै आधार नै छ । मर्नेहरु त शहिद भए तर अपांग भएकाले आखिर के पाए  आज संगो देश नैे अपांग बनेको छ । म्ााओबादीको युद्धबाट एक लाख भन्दा बढी अपांग भएका छन् । र तिनीहरुको जीवनप्रति आज खेलवाड भएको छ ।

अपांगहरु समाज र राज्यका बोमु ठान्ने अबस्थामा पुरयाइएको छ । एउटा राजा फालेर हजारौलाइ राजा मान्न कोही तयार छैनन । अर्काको घरमा बालेको आगोले आफनो घरको रोटी सेकाउने नेताहरु एकदिन राजतन्त्र संगै सती जानु पर्नेछ। र उनैले फेरी सती गएको राजतन्त्रको आगमन गराउने छन । यी अपांग राजनैतिक नेताहरुले आज हरेक नागरिकलाई बिना पर्खाल भित्रको कैदी बनाएका छन । उम्कन सक्दैनन् र स्वतन्त्र पनि छैनन् । दृष्टिबिहिनहरुलाई ऐना बाँडेर यी नेताहरुले देश चलाउन सक्दैनन । देशले काँचुली फेर्ने बेलामा अन्योलग्रस्त छ । अन्धकार छ । गन्तब्यहिन छ । सत्य यो हो की कुनैपनी
राजनैतिक अपांगको हैशियत छैन भन्ने कुरा जनताले बुझी सकेका छन।

देश जनताको सर्वपरी हित नै हाम्रो चाहाना हो भनेर अग्रगामी कदम चालेको भए हैशियत कहाँबाट कहाँ पुग्थ्यो । अग्रगामी कदम भनेको जनताको छातीमा कुल्चीरहने हो त  तर एकाद बिद्रोही जमातलाइ बन्दुक बोकाएर तसा्रउन अझै छाडेका छैनन् किनभने उनिहरुको हैसियत नै बन्दुकमा सिमित छ । तसर्थ अबको केही समय पछि सवै राजनैतिक अपांग पार्टीहरुको अबसान हुने छ र फेरी उनीहरुलाइ पनि श्रद्धाकै फुल चढाउनुपर्ने अबस्था आउने छ । निरंकुस राजनीतिले नै देश र जनतालाइ सबैभन्दा बढी अपांग बनाएको छ भने त्यही राजनीतिका पछाडी अब कोही लाग्नेवाला छैनन ।

बिचरा नेताहरु नै सद्धे छैनन् त कसरी अपाफ् देशलाइ सपाफ् बनाउन सक्छन  यो सत्य अपांगहरुले मनन् गरेर चित्त बुमुाउनुपर्छ । जस्ले आफनो राजनैतिक स्वार्थलाइ दाउमा लगाएर अपांग बनाएका छन तर तिनै पार्टीको सिद्धान्तमा उनिहरुको योगदान र उत्सर्गको सम्बोधन गरिएको छैन । कतिसम्म बिडम्बना ! अपांगहरु आत्मसम्मान र अबसरका भोका छन । यो त केबल स्व खगेन्द्र बहादुर बस्नेतलाइ मात्र थाहा थियो जस्ले आफनो जायजेथा बेचेर पनि आफु तीस दशकसम्म ओछ्यान परेर पनि देशका हजारौ अपांहरुको जीवनमा नयाँ जीवन दिनुभयो । त्यही बाटोमा हिडे मात्र अपाफ्हरु सफल हुनेछन् । देशका मातहतका नेताहरुलाई पनि के विश्वास गर्नु र के आशा राख्नु  उनीहरु राजनैतिक अपांग जो छन् । त्यसैलै जे गर्नुछ आफैमा विश्वस्त रहेर गरेमा असफलता छैन् ।

 

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »