अनिल पाण्डे । नेपालमा पशुपतिनाथको पुजारी भारतीय हुनुपर्छ कि नेपाली भन्ने विवाद सेलाउन पाएको छैन । सामान्यतः नेपालमा विदेशी पुजारी हुनु राष्ट्रियताका दृष्टिकोणले हाम्रालागि पि्य हुन सक्तैन । यद्यपि भारतका धेरै मठ-मन्दिरमा नेपाली पुजारी रहेको र नेपालमा पनि भारतीय पुजारी रहनुले दुवै मुलुकबीच जनस्तरको सम्बन्ध प्रमाणित हुने कुरा पनि बाहिर ल्याइएको छ ।
नेपाल र भारतबीचको धर्म-सँस्कृतिमा रहेको समानताले राजनीतिक पक्ष पनि प्रभावित हुने गरेको छ । धर्मका विषयमा राजनीतिक व्यक्तिहरुले कति बोल्ने वा नबोल्ने भन्ने सवाल नै आजको संवेदनशील पक्ष हो । धर्म-सँस्कृति र परम्परामा धार्मिक तथा साँस्कृतिक व्यक्तिहरुबाटै आवाज उठेमा स्वाभाविक हुने थियो तर पशुपतिनाथका पुजारी को हुने भन्ने सम्बन्धमा नयाँ दिल्लीको राजनीतिक नेतृत्व विज्ञप्ति निकाल्छ र काठमाडौंमा रहेका भारतीय राजदूत निर्देशनात्मक बोली बोल्छन् यो नै हाम्रा लागि आपत्तिको विषय हो । हामी नेपालीमा छिमेकी भारतले हेपिरहेको र पक्षपात गरेको जुन मनोविज्ञान छ त्यसलाई मलजल गर्ने काम भारतीय राजनीतिक नेतृत्वले नै गरेको छ । नेपालप्रति १० वर्षअघि जुन आकर्षण कायम थियो मौलिकता र ुसाँगि्रलाु कायम थियो आज छैन ।
उनी नेपालले प्रगति होइन ओरालो लाग्ने यात्रा प्रारम्भ गरेको निष्कर्ष निकाल्छन् । नेपालमा आएको परिवर्तनलाई उनी यसरी सूत्रबद्ध गर्दछन्-
१. शहर बाक्लिएछ भवन निर्माणमा मौलिकता हराएछ ।
२. छिमेकी भारतका राजनीतिक नेताको शैली नेपाली नेताहरुले सिकेछन् ।
३. नेपालको भ्रमण गरिरहँदा भारतकै कुनै खण्डमा पो छु कि जस्तो लाग्दो रहेछ ।
४. नेपालको लोकतन्त्रमा भारतीय आत्मा सवार भएको रहेछ ।
५. नेपाली पलायन हुने प्रवृत्ति बढेछ ।
६. नेपालको अर्थतन्त्र भारतीय मूलका व्यापारीको हातमा पुगेछ । ठूला उद्यमी तथा व्यापारी भारतीय वा भारतीय मूलका व्यक्ति नै रहेछन् । तर नेपालमा आधुनिकताले वास्तुशैलीमा पनि आक्रमण गरिसकेको छ । रड-सिमेन्ट-कंकि्रटकै घर बनाएपनि बाहिरबाट हेर्दा मात्र पनि नेपाली परम्परागत शैली झल्किने शैली अपनाउन सकिन्थ्यो । सरकारसँग कुनै आवास निर्माण तथा वास्तुनीति नभएका कारण नेपालका वस्तीहरुले मौलिकता गुमाइसकेका छन् ।
भारतीय सिनेमा पत्रकारिता विवाहलगायतका सामाजिक रीति-स्थिति धर्म-सँस्कृतिको मान्यता नेपालीका लागि उदाहरण बन्छन् । भारतीय सिनेमा हेरेर नेपाली सिनेमा बन्छन् किनभने दर्शकको बानी भारतीय सिनेमाले बनाइदिने गरेको छ । दर्शकको बानीअनुसार चलचित्र बनाउँदा नेपाली निर्माताले पनि भारतीय सिनेमाको मसला हाल्नुपर्ने हुन्छ । छिमेकीको प्रभाव सहनु हाम्रो परिस्थितिजन्य आवश्यकता हुन आएको छ । स्वास्थ्य चेतनामा पनि भारतीय प्रभाव पाइन्छ । नेपालमा आज जतिले कपालभाती अनुलोमविलोम र भ्रामरीलगायतका योगका विधिहरुको अभ्यास गरिरहेका छन् त्यसमा भारतीय साधु रामदेवको प्रभाव छैन र यसको अर्थ सबै प्रभाव खराब मात्र पनि छैनन् । नेपाल भूगोलका कारणले मात्र भिन्न देश भएर पुग्दैन यो जहाँबाट र जसरी हेर्दा पनि नेपाल हुनुपर्छ । नेपालमा भारु चल्ने र जहाँ पनि जान्ने-नजान्ने सबैले हिन्दी बोल्ने ट्रकदेखि साइकलसम्म भारतीय उत्पादन मात्र देखिने कारणले पनि नेपाल मौलिक देखिन सकिरहेको छैन ।
भारतमा थोत्रिसकेका सबारीसाधन नेपालमा आउँदा रहेछन् जसले प्रदूषण बढाएका छन्ु पर्यटक मित्रले टिप्पणी गरेका छन् । यो गम्भीर विषय हो । पैसा तिरेर सांसद वा जनप्रतिनिधिको खरीद-बिक्री गर्ने र दलभित्र अपराधीकरण अनि आपराधिक समूहका बाहिर राजनीतिक दलको पहिरन लगाउन नेपालले भारतबाटै सिकेछ भन्ने टिप्पणी पर्यटक मित्रको छ । उनको यस टिप्पणीले पनि पङ्क्तिकारलाई मर्माहत बनाएको छ । खासगरी युवा पुस्ता मुलुक छोडेर विदेश जाने र भारतीय नागरिकले नेपालमा आएर त्यो संख्या प्रतिस्थापन गर्ने प्रवृत्तिको विकास भएको मित्रको विश्लेषण छ । ८० लाख विहारी वा भारतीय नागरिक नेपालमा विभिन्न रुपमा प्रवेश गरिसकेको विभिन्न स्रोतको तथ्याङ्क निजले पाएका छन् ।
भारतले नेपाललाई हात पारिसकेको छ कति मात्र भने त्यसको औपचारिक घोषणा मात्र हुन बाँकी छ । नेपालमा हिन्दीमा शपथग्रहण गर्ने व्यक्तिलाई किन उपराष्ट्रपति बनाएर पालेर राखिन्छ छक्क लाग्छ- उनी भन्छन् । अमेरिकामा कुनै पनि राष्ट्रपतिले प्रुेन्च वा स्पेनी भाषामा शपथ गर्दैनन् । उपराष्ट्रपति परमानन्द झाको पराधीन मानसिकताले आकाश छोइरहेका बेला मेरा अमेरिकी मित्र नेपालमै थिए । उनलाई झाको राष्ट्रघाती चरित्र देखेर असीम निराशा भएको उनले खुलासा गरे । उनका विचारमा अब नेपालको समुन्नतिका लागि खुला लोकतन्त्र होइन निर्देशात्मक प्रजातन्त्र चाहिन्छ । उनी भन्छन्- नेपालमा ुहार्डलाइन डेमोक्रेसी चाहिन्छ त्यसले मात्र नेपाललाई उन्नतिको पथमा अघि बढाउन सक्छ ।
Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this