सुविन श्रेष्ठ । देश यतिखेर संविधानमय बनेको छ । देशभर संविधान जारी हुने कारणले गर्दा यो स्थिती आएको भने होइन । संविधानका बारेमा राजनीति वृत तात्तेको छ ।
देशभर जनताका मुखमा यसैको कुरो छ । मिडियामा संविधान चासोका खबरहरु छापिएका छन् । त्यतिमात्रै होइन जो नेता वा मन्त्री जता जुन कार्यक्रममा गएपनि जुनसुकै कार्यक्रमको विषय होस् ।
संविधान नबन्ने वा जारी हुने/नहुनेमा एकअर्कामा आक्षेप/दोषारोहण गर्न अग्रपंक्तिमा छन् । माओवादीका तर्फबाट भने सत्ता प्राप्तिको मोह देखाएर सरकार चलाउन दिए संविधान बन्छ भनेर भनिरहेको कुरा आइरहेका छन् भने उता सत्ताधारी एमाले भने कसैको सहयोग नपाएको र लडाकु व्यवस्थापन र शान्ति प्रकि्रयामा सहकार्य गर्ने भनेर आएको खण्डमा माओवादीले जे माग्यो त्यही दिने भनेर बोलिरहेका छन् । सरकार चलाइरहेका र प्रतिपक्षबाट पनि बारम्बार संविधान नबन्ने भनेर ठोकुवा गरिरहेता पनि किन बन्न सकिरहेको छैन भनेर छलफल गर्न/गराउने वातावरण नबनिरहेका यथार्थ सबैको अघि नै छ । भन्नेहरु के भन्दैनन् भन्न नहुने समेत भन्छन् ।
तर देश र जनतालाई सर्वस्व मानेर सत्ता सम्हालेका एमाले जनता जनार्दन भनेर आत्मियता देखाउने कांग्रेस र जनताका लागि परिवर्तन चाहने भनेर नारा लगाउने माओवादी पक्षबाट संविधानको निर्माण हुन एकदिन बाँकी रहँदा बोलेर/वाचा गरेर भन्दा साँच्चैकै काम गरेर देखाए जनताका लागि त्यो पार्टी सदा ऋणी रहनेछ । आखिर परिवर्तन चाहेर/नचाहेर कुनैपनि हालतमा हुन्छ नै । निश्चित समयमा संविधान नबन्ने चर्चा ज्यादा चलिरहेको बेला असल मनले एकपटक असल कर्तव्य सम्झेर असल काम गरे जनताले गुणगान गर्ने पार्टी त्यही नै हुनेछन् । त्यसैलै संविधान निर्माणमा सदचित्त लगाएर संबिधान नबन्ने शंकामाथि उक्लिएर संविधान बनाऔं ।
subin.photojournalist@gmail.com
Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this