दीपक गजुरेल । मुलुकमा फेरि बन्दूक गोला-बारुद हिँसा हत्याको स्वरमा मैले भने जस्तो नहुने र नगर्ने हो भने लाखौँ मान्छे मर्नेछन् देशमा फेरि लडाइँ शुरु हुनेछ भयँकर भिडन्त हुनेछ रक्तपात हुनेछ दुर्घटना हुन्छ जस्ता धम्कीको भाषा मूर्धन्य नेताहरु बोल्न थालेका छन् ।
राष्ट्र तथा नागरिकको सर्वोत्तम भलाइका लागि राजनीति गर्छौँ भन्नेहरुबाट मुलुकलाई पुनः हिँसा र विध्वंसको भूमरीमा जाँक्ने प्रपाच भैराखेको छ । तीनवर्ष अघि लाखौँ नेपाली जनताले गरेको माग अनुसारको शासन व्यवस्था मुलुकमा स्थापना हुने आशा बिस्तारै क्षीण बन्दै गएको छ । नयाँ नेपालु समुन्नत नेपाल बनाउँछौँ भन्नेहरुको हातमा यतिबेला राष्ट्रको भाग्य अडिएको छ । तर स्थिति दिन प्रति दिन भयावह बनाउँदै लगिएको छ ।
यो के गर्न खोजेको ?
२०६३ सालमा एक थरी शक्तिहरुले अबको नेपाल कस्तो हुनेछ भन्ने सपना जनतालाई बाँडेका थिए । सहमति र सहकार्य गरेर जनताको चाहना र राष्ट्रको आवश्यकता अनुरुपको शासन प्रणाली मुलुकमा स्थापना गर्ने प्रतिवद्धता यी शक्तिहरुले राष्ट्र तथा जनता समक्ष जनाएका थिए । तर विदेशीको निर्देशनमा आन्दोलन गरी शासन सत्ता हातमा लिनेहरु अहिले खतरनाक व्यवहार गर्दैछन् ।
१० वर्षको युद्धमा १० हजार नेपालीले बलिदान गरे । अबको विद्रोहमा १० लाखको ज्यान जान सक्ने संबिधान सभामा बहुमतमा रहेको शक्तिका प्रमुख नेताले एउटा सार्वजनिक भाषणमा यसै भने । हत्या हिँसाले आक्रान्त नेपाली नागरिक हामीसंग हजारौँ बन्दूक छ लाखौँ सेना छन् हामी स्थितिलाई पर्लक्कै पल्टाइदिन्छौँ होस गरु भन्ने धम्की सुनेर तसे्रका छन् । प्रमुख शक्तिहरु मध्ये एउटाले मात्र खतरनाक तथा डरलाग्दो व्यवहार गरिराखेको छैन यसबेला । संबिधान सभामा रहेका अन्य मुख्य शक्तिहरु पनि जनताको सातो जाने काम तथा व्यवहार गर्दैछन् । सरकारको नेतृत्व गरिराखेको दलका अध्यक्षले पटक-पटक यसो भनेका छन् तोकिएको अवधिमा संबिधान निर्माण हुन नसके मुलुक संबिधान बिहीन भई सैनिक शासनको खतरा छु । सैनिक शासन भनेको बन्दूक हिँसा अर्थात् नागरिक हत्या र विनाशकै कुरा हो ।
संबिधान सभाको अर्को प्रमुख दलका उच्च नेताहरु पनि यसै गरी हत्या हिँसा भिडन्त र विध्वंसकै कुरा गर्दैछन् । वर्तमान व्यवहारले मुलुकमा अकल्पनीय दुर्घटना निम्त्याउँछ देश भयंकर अस्थिरता तर्पु जान्छु भनिराखेका छन् उनीहरु ।
मुलुक हाँकिराखेका प्रमुख शक्ति तथा दलहरु मात्र होइन बौद्धिक जमात र विश्लेषकहरु समेत सर्वनाश हुने खालको डरलाग्दो भावि दिनको प्रक्षेपण गरिराखेका छन् । देश अपूर्व रक्तपात र युद्धको मुखैमा पुगेको छु भन्दैछन् एक थरी विश्लेषक भने अर्काथरी मुलुक पुनः भयंकर भिडन्तमा जाँदैछु भन्दैछन् ।
राजनीतिक शक्ति र बुद्धिजीवीहरु मात्र खतरनाक अवस्था औँलाइराखेका छैनन् । हामी नेपालीको चाला सुक्ष्म ढंगले नियालीराखेका विदेशीहरु पनि यस्तै अत्याउने दृश्य देखाउँदै हामी जनतालाई सचेत हुन आग्रह गरिराखेका छन् । ुनेपालको वर्तमान शान्ति प्रकि्रया भंग हुने खतरामा छु भनेर भर्खरै एउटा प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाले आफ्नो प्रतिवेदनमा भन्यो । हाम्रा सन्दर्भमा निर्णायक भूमिका निर्वाह गर्ने हाम्रा शक्तिशाली मित्र राष्ट्रहरु लगायत संयुक्त राष्ट्र संघ समेत शान्ति प्रति आशंका व्यक्त गर्न थालेका छन् । शान्ति प्रकि्रया संबिधान निर्माण जनताको शासन नयाँ नेपाल जस्ता अघिका प्रतिबद्धता अहिले पारिएका छन् । जताततै हिँसा विनाश हत्या जस्ता नकारात्मक कुरा मात्रै सुनिन थालेको छ ।
हातमा बन्दुक हुनु 'शान्ति' होईन !
शान्ति यसबेला कसैको प्राथमिकतामा परेको छैन । सत्ता साचालन गरिराखेका प्रमुख नेताहरु भिडन्त र हिँसा शुरु हुने कुरा गर्वले बताइराखेका छन् । विपक्षमा बस्ने प्रत्येक जनताको हातमा बन्दूक हुनुपर् यो । हामीले भनेको नागरिक सर्वोच्चता त्यही हो भनेर हिँसा र विनाशकै कुरा बोल्दैछन् । राजनीति र जनताको हक-अधिकारको नाम लिएर देशै भरी बन्दूक चलिराखेको छ । संबिधान सभा भन्दा बाहिर सयौँको संख्यामा रहेका अर्काथरी छन् । उनीहरु पनि बन्दूक बम हत्या हिँसाकै बाटो हिँडाउन खोज्दैछन् यो राष्ट्रलाई । यस्तो स्थितिमा मुलुकमा शान्ति स्थापना गर्ने काम यी मध्ये कुनै पनि शक्तिका लागि प्राथमिकतामा परेको देखिन्न ।
जनताको लागि राजनीति गर्छौँ भन्नेहरुले देखाइराखेको यो चर्तिकला प्रति हामी राजनीति गर्दैनौँ भन्नेहरु पनि मौन समर्थन जनाइराखेका छन् । मानव अधिकारको वकालत गर्नेहरु शान्तिको दुहाइ दिनेहरु यसबेला आम नागरिकले देख्ने र सुन्ने ठाउँमा देखापरेका छैनन् । उनीहरु चुप लागेर देशलाई भडखालामा जाक्न रचिएको यो प्रपाचलाई साथ दिइराखेका छन् । स्थिति यस्तो सिर्जना गरिएको छ लाग्छ बुद्धको शान्तिपि्रय यो देशका सबै बन्दूक तथा हिँसा प्रेमी हुन् । जनताले के पाएँ आजसम्म देशमा शान्ति भएन जनताले अधिकार पाएनन् भनेर तत्कालीन सत्ता विरुद्ध आम नागरिकले आन्दोलन गरेका हुन् ।
मुलुकमा शान्ति आओस् नागरिकहरुले गरिखान पाउन् सुख शान्ति होस् भन्ने आकांक्षाले जनता यो बाटोमा हिँडेका हुन् । र आफ्नो नेतृत्व गरिदिन अहिले शासक बन्न पुगेका नेताहरुलाई जिम्मेवारी दिएका हुन् । यी नेताहरुले नै मुलुकलाई सही बाटोमा हिँडाएर टुंगोमा पुर् याउने छन् भन्ने आशा राष्ट्रले गरेको थियो । तर यो आशामा तुषारापात गरिएको छ । विदेशीको निर्देशनमा पराइ भूमिमै गरिएको भएपनि मुलुकले सही दिशा पाउँछ भने ठीकै छ भनेर आम नागरिकले मौन स्वीकृति दिएका हुन् त्यसबेला । अहिले आएर फेरि पनि मुलुकलाई हिँसाकै भूमरीमा धकेल्ने हो भने नागरिकले कसरी सहने किन सहने यिनलाई राष्ट्रले देशलाई स्वर्ग बनाउँछौँ भन्ने प्रमुख शक्तिहरु एक-आपसमा अनेकौँ बहानामा गरिराखेका छन् । एक थरी नागरिक सर्वोच्चता भन्छन् अर्काथरी लोकतन्त्र भन्छन् । यी सबै भाषणबाजी र राष्ट्रलाई धोका दिने नारा मात्र साबित भैराखेका छन् ।
अहिलेको अबस्थाले स्पष्ट संकेत गरिराखेको छ लोकतन्त्रका हिमायतीहरुले मुलुकलाई फेरि अकल्पनीय दूर्दशामा जाक्दैछन् । यसो गर्ने अधिकार यी नेता तथा शक्तिहरुलाई कसले दियो लाखौँ जनताले यिनीहरुलाई त्यसबेला आफ्नो नेता स्वीकारेका फेरि हत्या हिँसाको वितण्डा मच्याउनका लागि हो त्यसो पटक्कै होइन । जनताले गरेको विश्वास प्रति नेताहरुले घात् गरेका हुन् । त्यसैले अब बेला भयो नयाँ नेपाल बनाउने नारा दिने नेता तथा शक्तिहरुले स्पष्ट पार्नु पर् यो गर्न खोजेको के यो मुलुक र जनतालाई कहाँ पुर् याउन चाहेको नयाँ नेपाल लोकतन्त्र जस्ता खोक्रा नाराले अब हुँदैन । ठोस रुपमा इमान्दारीका साथ काम गर्नु पर् यो । बाचाहरु अक्षरशः पूरा गर्नु पर् यो । एकले अर्कालाई दोष दिएर अनेक नारा र भाषण छाँटेर अब राष्ट्रले सुन्ने र मान्नेवाला छैन ।
होइन अहिलेकै प्रवृत्ति र शैली जारी राख्ने हो भने राष्ट्रले अब धान्न सत्तैुन । हामी राष्ट्र हाँक्न असफल भयौँ बाचा पूरा गर्न सक्षम भएनौँ भनेर जनताका सामू स्वीकार गर्नु पर् यो । अहिले सम्म गरेका सबै काम तथा चालेका सबै कदम राष्ट्रको हितमा थिएनन् गलत थिए भन्ने स्वीकार गर्नु पर् यो । आफ्ना निहीत स्वार्थ पूरा गर्ने नेता समूह र शक्तिहरुले राष्ट्रसंग अब धेरै खेलवाड गर्न पाइन्न । कि सही बाटो हिँड्नु पर् यो होइन भने हामीले सकेनौँ भनेर छोड्नु पर् यो । मुलुकलाई शान्ति र स्थिरता प्रदान गर्नुको साटो १० लाख मान्छे मर्छन भन्नेहरु र त्यही शैलीमा भिडन्त निम्त्याउन जम्जमाइरहेकाहरुलाई अब राष्ट्रले स्वीकार गर्न सक्तैन स्वीकार गर्नु हुँदैन । राजनीतिको नाममा अब एक जना पनि नेपाली मारिनु पर्ने स्थिति सिर्जना हुनु हुँदैन ।
गजुरेल त्रिभूवन विश्वविद्यालयमा राजनीति शास्त्रका उपप्राध्यापक हुनुहुन्छ

Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this