Banner

धर्म संस्कृति

११ असोज, भक्तपुर । दसैँको पहिलो दिन आज भक्तपुरको प्रसिद्ध शक्तिपीठ ब्रह्मायणी मन्दिरमा बिहानैदेखि ठूलो मेला लागेको छ । धार्मिक तथा सांस्कृतिक रुपले अत्यन्त महत्वपूर्ण मानिने भक्तपुरको ब्रह्मायणी शक्तिपीठको दर्शन र पूजाका लागि हरेक वर्ष दसैँको पहिलो दिन घटस्थापनामा भक्तजनको घुइँचो लाग्ने गर्छ ।

२३ भदौ, काठमाडौँ । काठमाडौँ उपत्यकामा मनाइने इन्द्रजात्रा आजदेखि सुरु भएको छ । हनुमानढोकामा विशेष पूजा गरी आज बिहान ९ बजेर ३६ मिनेटको शुभ साइतमा इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएको छ । सो लिङ्गो ठडयाइएपछि इन्द्रजात्रा सुरु भएको मानिन्छ । यो आउँदो बिहीबारसम्म सचालन गरिनछ । यही भदौ २५ गते इन्द्रजात्राको मुख्य दिन मानिने गणेश, कुमारी र भैरवको विशेष पूजा र रथयात्रा साचालन गरिन्छ । सो दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइन्छ ।

१४ भदौ, विराटनगर । मुसलमानहरुको महानपर्व रमजान इदुलफित्र बुधबार विशेष कार्यक्रमका साथ मनाइँदैछ । यसका लागि मुसलमानहरुले एक महिना रोजा बसेका थिए ।

श्रीकृष्ण महर्जन, कीर्तिपुर । परापुर्वकालमा बाघभैरवया मन्दिरमा भाद्र १ गते विशेष पुजा गर्दै आएको भएतापनि बाघभैरवया जात्रा भने नेपाल संवत् १०७६ भाद्र १ विक्रम संवत् २०१३ साल देखिमात्र सुरु गरेको हो । आज बाघभैरवस्थान अर्थात गुने क्षेत्रवाट सुरु हुने खट्जात्रा सांस्कृतिक बाजागाजा सहित कीर्तिपुर नगरपरिक्रमा गर्ने साँझतिर गरिन्छ र राती समापन हनेछ ।

सुजाता अवाले, ललितपुर । गाईजात्राको भोलिपल्ट मनाइने पाटनको मत याः जात्रा इखालखुको आयोजनामा सोमबार सम्पन्न भएको छ । मत याः अर्थात् दीप यात्रामा नगरको चार प्रमुख अशोक स्तूपासहित लगभग २५ सय चैत्य गुम्बा महाविहार मठमन्दिरहरुको परिक्रमा गरिन्छ । मत याः लाई िसंगभेरी जात्रा न्यकू जात्राका नामले पनि पुकारिन्छ ।

काठमाडौं - घिउ, चाकु, तरुल, तिलको लड्डु जस्ता पौष्टिक खाद्य पदार्थ खाएर मुलुकभर शनिबार माघेसंक्रान्ति पर्व मनाइँदै छ । नेवार समुदायमा भने ती खाद्य वस्तुहरूका साथै सम्येबजी (चिउरा, पोलेको मासु, साँधेको भटमास, अदुवा र रक्सी वा जाँड) का साथै सिद्रा माछा खाने चलन छ ।

ठेचोमा मनाइने बाह् वर्षे जात्रा शुरु भएको छ । जात्राको पहिलो दिन स्थानीय नवदुर्गा मन्दिरमा ३४ गुठियारले राँगाको बलिसहित घरघरबाट पूजा लैजाने र राति भोज गरी जात्राको शुरुवात गर्ने चलन छ । जात्रा अन्तर्गत राँगा बलि दिइएको थियो ।

ठेचोमा मनाइने बाह् वर्षे जात्रा शुरु भएको छ । जात्राको पहिलो दिन स्थानीय नवदुर्गा मन्दिरमा ३४ गुठियारले राँगाको बलिसहित घरघरबाट पूजा लैजाने र राति भोज गरी जात्राको शुरुवात गर्ने चलन छ । जात्रा अन्तर्गत राँगा बलि दिइएको थियो ।

ललितपुर । मंगलबजारको कार्तिक डबलीमा देखाईने कात्तिकनाचु आउँदो कार्तिक २६ बाट प्रारम्भ हुने भएको छ । नेपालको सबैभन्दा लामो नाट्य महोत्सवका रुपमा परिचित ऐतिहासिक कात्तिक नाच एक साता चल्नेछ । साथै, कात्तिकनाच प्रबन्ध समितिले कात्तिक १३ गते नगर परिक्रमामा कात्तिक नाचका कलाकारहरुसहित बाजागाजाको नगरपरिक्रमा गरेको थियो ।

मोहम्मद रमजान अली मियाँ  । रमजान इस्लामी क्यालेण्डरको नवौं महिनाको नाम हो  । इस्लाम धर्मको प्रमुख आधार मध्ये तेस्रो अनिवार्य उपासना 'रोजा' अर्थात् उपवास हो । यो रोजा के हो त  जुन पाठलाई नमाजले प्रति दिन पाँचपल्ट सम्झना दिलाउँछ त्यसलाई रोजाले वर्षमा एकपल्ट पुरा एक महिनासम्म हर समय याद दिलाइरहन्छ । रमजान लागेपछि बिहान सुर्यादयभन्दा पहिला देखि बेलुका [ … ]

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »