Banner

कपिल भट्ट, १ भाद्र, कैलाली । सुदूरपश्चिममा हर्षोल्लासका साथ आज ओल्के संक्रान्ति पर्व मनाईदैछ । यो पर्व भाद्र संक्रान्तिको दिन आज मनाईन्छ । ओल्के भन्नाले सौगात उपहार वा कोसेली भन्ने बुझिन्छ ।

आफूभन्दा ठूलावडा मान्यजन वा जेष्ठ नागिरकलाई सम्मान स्वरुम गाभा अर्थात कर्कल्लाको भित्री पात फलफूल आदि दिनु मीठो मसिनो खानु हातमा मेहन्दी लगाउनु यस पर्वका भिन्नै विशेषताहरु हुन् । बर्षा ऋतुसंगै नवजीवन प्राप्तिको उत्सवको रुपमा ओल्केपर्व मनाईन्छ । यो पर्व कुनै धार्मीक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाहरुको मौलिक पर्व हो । यो पर्व नेपालका साथै भारतको कुमाउँ गढवालतिर पिन मनाईन्छ ।

यसमा विशुद्ध सामाजिक एकताको भाव झल्किन्छ । यस पर्वपिछ विभिन्न चाडपर्व सुरु हुने हुँदा यस पर्वलाई यहाका बासिन्दाहरुले जेठो पर्वका रुपमा पनि लिने गर्छन । यस पर्वलाई विभिन्न किसिमले मनाएपनि यसको मुल्य सन्देश भनेको आपसी मित्रताको गाँठो बलियो पार्नु हो ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »