Banner

मोहम्मद रमजान अली मियाँ  । रमजान इस्लामी क्यालेण्डरको नवौं महिनाको नाम हो  । इस्लाम धर्मको प्रमुख आधार मध्ये तेस्रो अनिवार्य उपासना 'रोजा' अर्थात् उपवास हो । यो रोजा के हो त  जुन पाठलाई नमाजले प्रति दिन पाँचपल्ट सम्झना दिलाउँछ त्यसलाई रोजाले वर्षमा एकपल्ट पुरा एक महिनासम्म हर समय याद दिलाइरहन्छ । रमजान लागेपछि बिहान सुर्यादयभन्दा पहिला देखि बेलुकासम्म खानपिन बन्द हुन्छ  ।

सेहरी खाइरहेको बेला एक्कासी अजानको आवाज सुनिएमा हामी तुरुन्त खान छोड्छौं । त्यसपछि जति मीठो खाना भएपनि जति खाने इच्छा भएपनि हामी साँझसम्म कदापी खाँदैनौं । मान्छेले देख्ने गरी नखाने मात्र नभई लुकेर वा कसैले नदेख्ने गरी एक थोपा पानी वा एक दाना अन्न पनि खानु हाम्रा निम्ति उचित हुँदैन । अनि यस्तो प्रतिबन्ध एक निश्चित समयसम्म मात्र हुन्छ । मग्रिबको अजान हुनासाथ हामी इफ्तार गछौं । अनि रातभरि निसंकोच जे इच्छा लाग्छ खान्छौं । विचार गरौं यो के गरेको हो  यस कामको पछाडि अल्लाहको डरको हात छ ।

उनी सर्वव्यापी र सर्वज्ञाता हुन् भन्ने उपवासकमा पूर्ण विश्वास छ आखिरतको जीवन र अल्लाहको अदालतमा विश्वास छ कुरआनका आदेशहरु र सन्देष्टाको पूर्ण आज्ञापालन कर्तव्यको पूर्ण अनुभूति धैर्य र संकटहरुसित संधर्षको अभ्यास र अल्लाहलाई प्रसन्न गराउनका निम्ति मनको इच्छालाई रोक्ने र वशमा गराउने शक्ति लुकिरहेको छ । प्रत्येक वर्ष पूरा तीस दिन राखिएका ती रोजाहरुले हामीलाई प्रशिक्षित गर्न हामीमा पूरा र पक्का मुसलमान बन्ने गुण उत्पन्न गर्न रमजानको महिना आउने गर्दछ । रमजान वास्तवमै आत्माशुद्धिको एक बिषेश प्रतिक हो । अर्कोतर्फ अल्लाहले सम्पूर्ण मुसलमानहरुका निम्ति बेग्ला बेग्लै नभई सबैका निम्ति सामूहिक रुपमा एकैचोटि एकैसाथ एउटै विशेष महिनामा रोजालाई अनिवार्य घोषित गरेका छन् । इस्लामी समाजमा पूरा एक महिना पवित्रताको महिना हुन्छ । सम्पूर्ण समाजलाई ईशभय तथा नैतिक पवित्रता र आचरणको सोन्दर्यले ढाकेका हुन्छ ।

फलस्वरुप यस्तो वातावरणमा नराम्रो काम हुँदै हुँदैन । बरु असल काम मात्र हुन्छ । असल मानिसहरु असल काममा एक अर्कालाई सहयोग गर्छन् र खराब मानिसहरु खराब काम र उनीहरुले अल्लाहको बाटोमा धन खर्च गर्छन् । त्यसबेला सम्पूर्ण मुसलमानहरु समान अवस्थामा हुन्छन् । समान अवस्थामा हुँदा सबैले एकै जमात वा समुदायमा भएको अनुभव गर्छन् । यो उनीहरुबीच बन्धुत्व सहानुभूति तथा पारस्परिक सु-सम्बन्ध कायम गर्ने एउटा प्रभावकारी उपाय हो । रमजानको महिनाले हामीलाई भोक्का व्यक्तिहरुको भोक कस्तो हुन्छ भन्ने कुराको अनुभव समेत दिलाउँदछ । यी सबै कार्यबाट हामीलाई लाभैलाभ हुन्छ । हामीलाई भोकै राख्दा अल्लाहलाई कुनै लाभ हुँदैन । उनले त हाम्रो भलो होस् भनेर रमजानका रोजा हाम्रो लागि अनिवार्य गरेका हुन् । कुनै कारण बिना नै कसैले रोजा राख्दैन भने उसले आफैमाथि अत्याचार गरेको हो ।

रमजानमा खुल्लम खुल्ला कसैले खान्छ वा पिउँछ भने त्यो भन्दा धेरै लाजमर्दो कुरा अरु के हुन सक्छ  यसो गर्नेहरुलाई इस्लामको आदेशसँग कुनै सरोकार छैन । उनीहरुले जसलाई अल्लाह भनी मान्दछन् तिनको आज्ञाको खुल्लम खुल्ला उलंघन गरी आफ्नो उद्दण्डता प्रदर्शन गर्दछन् । तसर्थ आफ्नो सम्प्रदायलाई चटक्क त्याग्न सक्ने आफ्नो सृष्टिकर्तासित बिद्रोह गर्न सक्ने मानिसहरुबाट वफादरी सदाचार र विश्वसनीयता तथा कर्तव्यपरायणताको आशा गर्न सकिदैन । रमजान महिनामा प्रत्येक बालिक व्यशक मानिस सन्तुलन ठीक भएको सम्पूर्ण पुरुष महिलाहरु माथि रोजा अनिवार्य ठहर् याइको छ । यसैगरि रात्री ूईशाूको नमाजपछि २० रकआत एक बिषेश नमाज जसलाई तराबीह भनिन्छ त्यो पनि अनिवार्यरुपमा पढ्नु पर्दछ । रमजान महिनाका इस्लामिक कानून रबिधिहरु मध्ये एक यो पनि हो कि जस कसैले पनि जानी-जानी रोजा तोड्दछ उसले ठूलो पापको आगीदार हुनु पर्दछ र पछि त्यसको कजा पूर्णकार्यन्वयन गर्नु पर्दछ यसो नगरे ऊ पापी ठहरिन्छ । बिहान सुर्योदय भन्दा करीब एक -डेढ घण्टा अगावैबाट खान-पिउन बन्दगरिदिनु पर्दछ यो कार्य सुर्योस्त सम्म रहन्छ । यस अवधिभर कुनैपनि वस्तु धँवा खानु पिउनु शारीरिक सम्पर्क बर्जित छन् । त्यसैगरि झै झगडा फाल्तु बहस पनि प्रतिबन्धित छन् ।

रोजा नाम हो उपासना र उपवासको रोजाका शुरुका १० रात अति नै महत्वपूर्ण छन् । यी १० रातहरुलाई ूरकमतू बिषेश कृपाको रात भनि उल्लेख गरिएको छ । बिचमा १० रातहरुलाई ूमग्फिरतू बिशेष माफीका रात भनि उल्लेख गरिएको छ । यी बिस २० दिनमा ठूला भन्दा पापकार्य गर्ने लाई पनि अल्लाहले माफ गरिदिन्छन् भन्ने कुरा ग्रन्थ र इस्लामिक किताबहरुमा पर्याप्त आधारका साथ वर्णन गरिएका छन् । त्यसै गरी अन्तिमका १० रातहरु पनि अति नै महत्वपूर्ण छन् । ती रातहरुको बारेमा भनिएको छ कि यी दश दिनमा धेरै भन्दा धेरै मानवजातिलाई नर्कबाट मुक्ति प्राप्त हुन्छ । अल्लाहले क्षमा गरिदिन्छन् र स्वर्गमा प्रवेश गराइन्छ । तसर्थ सम्पूर्ण मुस्लिम समुदायले रोजालाई अत्यन्तै महत्व दिनु उनीहरुको मौलिक हक हो । रोजाको समाप्तिसंगै अल्लाहले ईदउल फित्रको रुपमा खुशी प्रदान गरेका छन् । रमजानको अन्तिम दशरातमा अन्तिम सन्देष्टा हजरत मुहम्मद बिषेश ध्यान एतकाफमा बस्नुहुन्थ्यो र इद-उल फित्रको चन्द्रमा देखिने बित्तिकै बाहिरिनु हुन्थ्यो । ईदको प्रारम्भ संगै रोजाको समापन हुन्छ ।


लेखक मोहम्मद रमजान उर्दू तथा अरवी भाषा साहित्यका ज्ञाता हुनुहुन्छ ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »