Banner

काठमाडौं । दिवङ्गत हुनेहरुको आत्मशान्तिका लागि बुधबार काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाहरुमा साँस्कृतिक पर्व गाईजात्रा मनाइँदैछ । गाईजात्रामा एक वर्ष भित्र दिवङ्गत भएकाहरुको सम्झनामा गाई वा मानिसलाई गाईको रुपमा सिंगारी टोलमा परिक्रमा गराउने प्रचलन छ । यसरी परिक्रमा गरिएकाहरुलाई श्रद्धालुहरुले अन्न र पैसा दान गर्छन्

गाईजात्रा निकाल्दा वर्षभरी दिवङ्गत आत्माले गाईको पुच्छर समातेर वैतरणी तर्छन् भन्ने जनविश्वास छ । तत्कालीन मल्लकालीन राजा प्रताप मल्लले पुत्र वियोगले शोकविह्ल भएकी आफ्नी रानीलाई अरुका सन्तान पनि मेरका हुन्छ भनि सान्त्वना दिलाउन भाद्र कृष्ण प्रतिपदाको दिन गाईजात्रा निकाल्न नगरबासीलाई निर्देशन दिएपछि यो पर्व सुरु भएको मानिन्छ ।

काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, नुवाकोट, धादिङ, मकवानपुर, दाङ, पाल्पालगायत जिल्लामा गाईजात्रा र लाखे नाच सुरु भएको छ । गाईजात्रादेखि सुरु भएको लाखे नाच कृष्ण जन्माष्टमीको दिन सम्पन्न हुन्छ ।

कृष्णमंदिरमा गाईजात्रामा एक सहभागी । तस्वीर : दीपेन्द्र महर्जन /अनलाईन पत्रिका

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »