Banner

सुबिन  श्रेष्ठ, ललितपुर । गुँन्हु पुन्हीको तेस्रो दिन मतया यात्रा शुरु भएको छ । यस यात्रामा बुद्ध धर्मालम्वीहरु आफ्ना मृतक आत्माको शान्तिको कामना गर्दै मोक्ष प्राप्त होस् भन्ने संकल्पको साथ ललितपुरमा चार दिशामा अवस्थित अशोक स्तम्भ भित्र बुद्ध मन्दिर स्तुपा र अरु देवीदेवताको मन्दिर पूजा गर्दै पैसा अन्न आदि चढाउदै परिक्रमा गर्छन् ।

मतयाको शाब्दिक अर्थ बत्तीको यात्रा हुन आउँछ । यो यात्रामा बुद्ध धर्मालम्वी मात्र नभई अरु धर्मालम्वीहरुको पनि उपस्थिती रहन्छ । यो यात्रा बुगीयात्राले जस्तै नै परिक्रमा गर्छन । यो मतया यात्रामा मृतकका परिवारले मात्र भाग लिन्छन् । बुद्धसम्बन्धी गीत गाएर बेलुकी यात्रा गर्दा बत्तीको आवश्यक पर्छ ।

बुगीको अर्को रुप भएको कारणले पनि यसको नाम मतया हुन गएको भन्ने धारणा रहँदै आएको छ । किनभने बुगीयात्रामा केटाकेटी आइमाईको सहभागिता न्यून भएको कारणले पनि यो मतया यात्रा शुरु भएको धारणा पाईन्छ । यसरी मतया यात्रामा दिनभरी परिक्रमा गरी शुरु भएको ठाउँमा पुगेर समाप्त हुन्छ ।

हाकुपटासी, साडी, सेतो बस्त्रमा सहभागीहरु मैनबती बोकेर यात्रामा सहभागी बन्छन् भने अन्य सहभागीहरुले भगवानसँगै थापिएका नाङलोमा अक्षता, कपुर, तस्वीर, समबेदनापत्रलगायत चकलेट चढाएर यात्रा अघि बढाउँछ । परम्परागत मतया यात्रामा अहिले आधुनिक पहिरनमा सजिएका युवतीहरुको उपस्थितीले धर्मप्रति मोह घट्दै गएको स्थानिय ७१ वर्षीय चिरिमाया महर्जनले बताउनुभयो । यसपालिको कतया र गणेशपूजा मनाउने जिम्मा ललितपुरको महाबौद्धःबहीलाई परेको छ ।
मतया सम्बन्धी बिशेष लेख अनलाईन पत्रिका साप्ताहिकको गाईजात्रा विशेष अंकमा ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »