Banner

काठमाडौं, भदौ ५ । पुल्चोक स्पोर्टस क्लबले बी डिभिजन फुटबल इतिहासमा सबैभन्दा ठूलो प्रायोजक पाएको छ । बुधबार सुरु हुने सहिद स्मारक रेडबुल दोस्रो डिभिजनमा प्रतिस्पर्धा गर्न लागेको ललितपुरे टोलीलाई लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले प्रायोजन गर्ने भएको छ । पुल्चोकले आइतबार लालीगुराँस सहकारीसँग सम्झौता पत्रमा हस्ताक्षर गर्‍यो । पुल्चोकलाई लालीगुराँसले एक वर्षका लागि ९ लाख प्रदान गर्नेछ। यसबापत ललितपुरे टोलीको नाम लालीगुराँस पुल्चोक स्पोर्टस क्लब हुनेछ । टोलीले आफ्नो जर्सीमा लालीगुराँसको लोगो लगाएर खेल्नेछ। पुल्चोकबाट अध्यक्ष रवीन्द्र जोशी र लालीगुराँसका प्रमुख कार्यकारी सुरेन्द्र भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

बुधबार वीरगन्ज युवा क्लबसँग प्रतिस्पर्धा गर्ने तर्खरमा रहेको पुल्चोकले आइतबार आयोजित कार्यक्रममा खेलाडीले खेल सामग्री प्रदर्शन गर्‍यो । टोलीलाई राष्ट्रिय टोलीका पूर्वगोलरक्षक उज्ज्वल मानन्धरले प्रशिक्षण प्रदान गरिरहेका छन् । २०४२ सालमा स्थापित पुल्चोकले २०६० सालमा सी डिभिजन छनोट खेल्दै बी डिभिजनमा उक्लिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि शान्ति तथा पुनर्निर्माण मन्त्री पम्फा भुषाल, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापा, पुल्चोक टोल सुधार समितिका अध्यक्ष सूर्यमान महर्जन र क्लबका सल्लाहकार चिरीबाबु महर्जनले टोलीका बारेमा प्रकाश पारेका थिए ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • पारिजातको सम्झनामा ! भक्तपुर साहित्यिक समाजको नियमित मासिक घुमन्ते साहित्यिक शृंखला भाग–२ को तेहौं संस्करण मध्यपुर ठिमीस्थित मोर्डन कलेज अफ म्यानेजमेण्टमा सम्पन्न भयो ।

    ठूलो आकृति »
  • न्यायको दृष्टि ! प्रधानन्यायधीस खिलराज रेग्मी मेघा बैंक तस्वीर प्रदर्शनीको अवलोकन गर्नुहुँदै । प्रदर्शनी भोलीसम्म चल्नेछ । तस्वीर सौजन्य : फोटो जर्नालिष्ट क्लब

    ठूलो आकृति »
  • बन्दमा बालक ! ब्राम्हण क्षेत्री समाजले जातीय राज्यको बिरोध तथा आफ्नो पनि पहिचान हुनुपर्ने लगायतका माग राखेर आव्हान गरेको बन्दमा खटिएका बालकहरू । तस्वीर : स्टेफिनी बुई/अनलाईन पत्रिका

    ठूलो आकृति »
  • बाल जागीर ? ललितपुरको झरूवारासीस्थित एक इँट्टाभट्टामा कार्यरत बालक । यहाँ आमाबुबालाई सघाउन दर्जनौ बालबालिका यसरी काममा खट्छन् । तस्वीर : अजय देशार

    ठूलो आकृति »
  • उत्कृष्ट तस्वीर छानियो ! फोटो पत्रकार क्लवले आयोजना गरेको मेगा बैंक फोटो प्रतियोगिता–२०६८ का लागि देशभरबाट उपलब्ध फोटोहरू मध्येबाट उत्कृष्ट १ सय ३८ फोटो छानिएका छन् । गोपाल चित्रकार, जगदिश तिवारी, विजय कुमार पाण्डे, आदित्य बराल, मणि लामा, सुजन चित्रकार र चन्द्रशेखर कार्कीको निर्णयक मण्डलले प्रतियोगितामा सहभागी फोटोहरुमध्येबाट उत्कृष्ट फोटो छानेको हो ।

    ठूलो आकृति »
  • लुम्बिनीतिर साईकल यात्रा ! लुम्बिनी यात्रा नाम दिइएको तीनदिने साइकल यात्रा सम्पन्न भएको छ । विश्व साईकल संस्थाको आयोजनामा भएको साइकल यात्रा पुस्कर शाहको नेतृत्वमा भएको थियो । तस्वीर सौजन्य : किशोर श्रेष्ठ

    ठूलो आकृति »
  • हेर्दाहेर्दे सखाप ! थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती सुरक्षा संयन्त्रको सहयोगमा हटाइएको छ । २ सय ४४ घरधुरी भएको बस्ती हटाउने क्रममा बिहानैदेखि तनाव उत्पन्न भएको थियो । तस्वीर : सानुराजा महर्जन

    ठूलो आकृति »
  • नेपाल पत्रकार महासंघ यूएई शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकारिता सम्बन्धि तालिम सम्पन्न गर्दै प्रेस स्वतन्त्रता दिवश मनायो । महासंघका पदाधिकारीहरु साथै प्रशिक्षकगरी करिव १८ जना व्यक्तिहरुको उपस्थिती रहेका थिए ।

    ठूलो आकृति »
  • नागरिकता छलफल : एनआरएन यूके पाचौ कार्यसमितीको सातौ बैठक सम्पन्न भएको छ । कार्यक्रम उपाध्यक्ष महेन्द्र कंडेलले श्वागत गर्दै एनआरएनको नागरिकता सम्बन्धी पीडालाई जस्ताको तस्तै नेपालमा लगि परिणाम मुखी बनाइदिन प्रमुख अतिथि नेपाल सरकारका भूपू शिक्षामन्त्री तथा नेकपा एमालेका केन्द्रिय सदस्य गगांलाल तुलाधर समक्ष आग्रह गरेका थिए । तस्बीर : जिब बेल्बासे /युके

    ठूलो आकृति »

  • ललितपूरमा रहेको रातो मच्छिन्द्रनाथ परिसर बती बाल्दै एक बालिका । रथ तान्ने कार्यक्रम बैशाख १३ बिहिबार गते परेको छ तस्वीर : एनपीटिए

    ठूलो आकृति »
. .
Banner
Banner

Advertisement

Banner

प्रतिकृयाहरु