अर्जुन दाहाल, दुबई । नेपालका चार जना कराँते खेलाडीले संयूक्त अरब इमिरेट्स (यूएई) को दुबई स्थित अल अहली क्लबमा आज ३ फेब्रुअरी २०१२ का दिन अल अहली इन्टरनेशनल कराँते ओपन प्रतियोगितामा आफ्नो कला प्रस्तुत गरेका छन् । दुबर्ईको अल अली क्लबमा सम्पन्न हुन गईरहेको अल अहली अन्तराष्ट्रिय ओपन प्रतियोगितामा नेपाली खेलाडीले आज अठार वर्ष मुनीको समुहमा एकल काँता प्रतियोगीतामा भाग लिएका छन् । सो प्रतियोगितामा नेपाली खेलाडीले स्वर्ण, रजत र कास्य पदक जितेका छन् । जसमा धादिंगकी बिमला तामांगले स्वर्ण पदक जितेकी छिन्, ज्योती धलेले रजत र कृपा गुरुंगले कास्य पदक जितेकी छिन् ।
उनीहरुको समूहमा अन्य प्रतिस्पर्धीहरुमा यूएईकी अलीया अबदुल्ला, इरानकी मारियम बुस्तानाफ्रेज, यूएईका तारनिम हसन महम्मोद यूएईकी खैरा खेलपाती थिए । जस मध्ये यूएइकी अलीया अबदुल्लाले पनि कास्यँ पदक जितेकी छिन् । फाइनलमा बिमलाले नेपालकै प्रतिस्पर्धी ज्योतीलाई हराएकी थिइन । उनीहरुले सिनीयर खेलाडिसँग ओपन टिम कातामा यूएई र इरानका खेलाडि सँग पनि प्रतिस्पर्धा गर्ने छन् । बिराटनगरका रामबहादुर लिम्बुले सिनियर ६७ किलो भन्दामुनीको समूहमा एकल कुमिते प्रतियोगितामा प्रतिस्सर्धा गर्दैछन् । सो समूहमा साउदी अरब, क्यामरुन, अरमेनिया, कुवेत, ओमान, यूएई, इराक, यमन, इजिप्ट, लेबनान, रशिया, सुदान, इरान र नेपालका गरी ६४ जना प्रतिस्पर्धी रहेका छन् । उनले श्रीलंकाको कोलम्बोमा २०१० मा सम्पन्न ११ औं साफ खेलमा रजत पदक हासिल गरेका थिए । नेपाली खेलाडिका साथमा टिम म्यानेजर अयुब खान र रेफ्रीहरू बिशान सिंह खडका, बिआर मित्र, ध्रुब बिक्रम मल्ल, रेशम लामा, छत्रबहादुर आले मगर र सुरज सुबेदी पनि आएका छन् । रेफ्री ध्रुब बिक्रम मल्लले कराँतेको नयाँ नियम सम्बन्धी अन्तरराष्ट्रिय नियमको बारेमा अपडेट गर्नकालागि सुनौलो अवसर भएको बताएका छन् ।
खेलाडिहरूको हौसला बढाउनकालागि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष चन्द्रबहादुर रोकाहा, उपाध्यक्ष मनोजकुमार श्रेष्ठ, महासचिव सन्तोष प्रसाई, सचिव जगत आचार्य, सदस्य हेम राई, गुञ्जमान गुरुंग, नेपाल पत्रकार महासंघका सचिव अर्जुन दाहाललगाएतका करिब ५० जना नेपालीहरू अल अहलि क्लबमा भेला भएका थिए । नेपालका राष्ट्रिय खेलाडि देशको गहना भएकोले उनीहरूलाई सम्मान गर्नका लागि एनआरएनए यूएईले भोली बेलुका सम्मान कार्यक्रम गर्ने अध्यक्ष चन्द्रबहादुर रोकाहाले बताउनु भयो ।

Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this
पारिजातको सम्झनामा ! भक्तपुर साहित्यिक समाजको नियमित मासिक घुमन्ते साहित्यिक शृंखला भाग–२ को तेहौं संस्करण मध्यपुर ठिमीस्थित मोर्डन कलेज अफ म्यानेजमेण्टमा सम्पन्न भयो ।
न्यायको दृष्टि ! प्रधानन्यायधीस खिलराज रेग्मी मेघा बैंक तस्वीर प्रदर्शनीको अवलोकन गर्नुहुँदै । प्रदर्शनी भोलीसम्म चल्नेछ । तस्वीर सौजन्य : फोटो जर्नालिष्ट क्लब
बन्दमा बालक ! ब्राम्हण क्षेत्री समाजले जातीय राज्यको बिरोध तथा आफ्नो पनि पहिचान हुनुपर्ने लगायतका माग राखेर आव्हान गरेको बन्दमा खटिएका बालकहरू । तस्वीर : स्टेफिनी बुई/अनलाईन पत्रिका
बाल जागीर ? ललितपुरको झरूवारासीस्थित एक इँट्टाभट्टामा कार्यरत बालक । यहाँ आमाबुबालाई सघाउन दर्जनौ बालबालिका यसरी काममा खट्छन् । तस्वीर : अजय देशार
उत्कृष्ट तस्वीर छानियो ! फोटो पत्रकार क्लवले आयोजना गरेको मेगा बैंक फोटो प्रतियोगिता–२०६८ का लागि देशभरबाट उपलब्ध फोटोहरू मध्येबाट उत्कृष्ट १ सय ३८ फोटो छानिएका छन् । गोपाल चित्रकार, जगदिश तिवारी, विजय कुमार पाण्डे, आदित्य बराल, मणि लामा, सुजन चित्रकार र चन्द्रशेखर कार्कीको निर्णयक मण्डलले प्रतियोगितामा सहभागी फोटोहरुमध्येबाट उत्कृष्ट फोटो छानेको हो ।
लुम्बिनीतिर साईकल यात्रा ! लुम्बिनी यात्रा नाम दिइएको तीनदिने साइकल यात्रा सम्पन्न भएको छ । विश्व साईकल संस्थाको आयोजनामा भएको साइकल यात्रा पुस्कर शाहको नेतृत्वमा भएको थियो । तस्वीर सौजन्य : किशोर श्रेष्ठ
हेर्दाहेर्दे सखाप ! थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती सुरक्षा संयन्त्रको सहयोगमा हटाइएको छ । २ सय ४४ घरधुरी भएको बस्ती हटाउने क्रममा बिहानैदेखि तनाव उत्पन्न भएको थियो । तस्वीर : सानुराजा महर्जन
नेपाल पत्रकार महासंघ यूएई शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकारिता सम्बन्धि तालिम सम्पन्न गर्दै प्रेस स्वतन्त्रता दिवश मनायो । महासंघका पदाधिकारीहरु साथै प्रशिक्षकगरी करिव १८ जना व्यक्तिहरुको उपस्थिती रहेका थिए ।
नागरिकता छलफल : एनआरएन यूके पाचौ कार्यसमितीको सातौ बैठक सम्पन्न भएको छ । कार्यक्रम उपाध्यक्ष महेन्द्र कंडेलले श्वागत गर्दै एनआरएनको नागरिकता सम्बन्धी पीडालाई जस्ताको तस्तै नेपालमा लगि परिणाम मुखी बनाइदिन प्रमुख अतिथि नेपाल सरकारका भूपू शिक्षामन्त्री तथा नेकपा एमालेका केन्द्रिय सदस्य गगांलाल तुलाधर समक्ष आग्रह गरेका थिए । तस्बीर : जिब बेल्बासे /युके

