मध्यान्तर अघि नै बागेश्वरीका कैलाश खड्काले गरेको एक गोल बिजयका लागि निर्णायक गोल भएको थियो ।बागेश्वरीले उपाधि सँगै नगद रु ७ हजार शिल्ड तथा प्रमाणपत्र समेत प्राप्त गरेको छ । बिजयी टोलीलाई कार्यक्रमका मुख्य अतिथि राष्ट्रिय खेलकूद परिषदका सदस्य रतन टण्डनले शिल्ड राष्ट्र बैंकका प्रवन्धक भूवन बस्नेतले नगद तथा अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले प्रमाणपत्र बितरण गर्नु भएको थियो । यस्तै फाइनल खेलमा उपबिजेता हुदैं बैंक अफ एसियाले नगद रु ३ हजार शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
बिजयी टोलीलाई नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य अच्यूत प्रसाईं ब्यवसायी मधु रिजाल लगायतले नगद शिल्ड तथा प्रमाणपत्र बितरण गर्नु भएको थियो । लीग कम नक आउट चरणमा खेलाईएको प्रतियोगितामा उत्कृष्ट खेलाडीको रुपमा बैंक अफ एशियाका क्याप्टेन शक्तिसिहं हमालले नगद रु १ हजार पाँच सय हात पार्नु भयो । यस्तै प्रतियोगिता अवधिभर सर्वाधिक गोलकर्ताको उपाधि १० गोल गरेका भार्गव बिकास बैंकका अमरलाल श्रेष्ठले प्राप्त गर्नुभयो भने उत्कृष्ट गोल रक्षकको उपाधि लक्ष्मी बैंकका गोल रक्षक हरमेश सोनीले प्राप्त गर्नु भएको थियो । कार्यक्रममा बोल्दै मुख्य अतिथि रतन टण्डनले यस फाइभ ए साइड प्रतियोगिताले बैंकहरु बीच सम्बन्ध सुधार्न सहयोग गरेको र आगामी दिनमा यस्तै खेलहरु साचालन गरेर बैंक र ब्यवसायिक प्रतिष्ठान बीच पनि सम्बन्ध सुमधुर बनाउन पहल गरिनुपर्ने बताउनु भयो । नेपाल इन्भेष्टमेन्ट बैंकका शाखा प्रवन्धक मन्त्रीलाल गुप्ताले खेलको माध्यमबाट समयमै संविधान निर्माणका लागि दवाव पुग्ने बताउनुभयो ।
नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रासद कोइरालाको असमायीक निधनका कारण कार्यक्रमका सबै सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरु रद्द गरिएको थियो भने मृतक कोइराला प्रति एक मिनेट मौन धारण गरेर श्रद्धााजली ब्यक्त गर्दै खेल सुरु भएको थियो । रंगशाला परिसरमै बसेको बैंकस्र र आयोजकबीचको आकस्मिक बैंठकले खेललाई सामान्य औपचारिकता पूरा गरेर सुरु गर्ने तथा बिजेता उपबिजेताले अवीर नलगाई शिल्ड प्रमाणपत्र लिने निर्णय गरे बमोजिम खेलको फाइनल पछि कुनै बिजयोत्सव भने गरिएन । बाँके जिल्ला फुटवल संघको प्राविधिक सहयोगमा सचालित लीग कम नकआउटको आधारमा फागुन २२ गते देखि शुरु भएको यस प्रतियोगीतामा नेपालगजका १८ वटा बैंकहरुको सहभागिता रहेको थियो ।

Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this