Banner

काठमाडौं । नेपाल राष्ट्र बैंकको ५५ औं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको अन्तर बैंक भलिबल प्रतियोगिता अन्तर्गत आजको लिग चरणको भएको खेलमा माछापुच्छ्रे बैंकले बैंक अफ एशिया, कुमारी बैंकले ग्लोबल बैंकलाई, स्टाण्डर्ड चार्टर्ड बैंकले नेपाल बैंक लि. लाई र कृषि विकास बैंकले एनएमबी बैंकलाई पराजित गरेका छन् ।

राष्ट्र बैंकको थापाथलीस्थित भलिबल कोर्ट मैदानमा आज शुरु भएको पहिलो खेलमा माछापुच्छ्रे बैंकले बैंक अफ एशियालाई २५-१७ र २५-९ को लगातार दुई सेटमा पराजित गरी क्वाटर फाइनलमा प्रवेश गरेको छ । त्यस्तै कुमारी बैंकले ग्लोबल बैंकलाई २५-१४ र २५-८ को सेटमा पराजित गर्यो । नेपाली भलिबल टीमका क्याप्टेन भरतबहादुर शाह एम्पाएर रहेका उक्त प्रतियोगिताको तेश्रो खेलमा स्टाण्डर्ड चार्टर्ड बैंक नेपालले नेपाल बैंक लि.लाई २५-२० र २५-१७ को सेटमा पराजित गरेको थियो ।

आज भएको अन्तिम खेल कृषि विकास बैंक र एनएमबी बैंकबीच भएको थियो जसमा कृषि विकास बैंकले एनएमबी बैंकलाई २५-१२ र २५-७ को सोझै दुई सेटमा पराजित गरेको थियो । भोलि बुधवार हुने खेल सिद्धार्थ बैंक विरुद्ध रा.वा. बैंक, माछापुच्छे बैंक विरुद्ध एभरेष्ट बैंक, एनसीसी बैंक विरुद्ध बैंक अफ एशिया, नेपाल राष्ट्र बैंक रातो विरुद्ध स्टाण्डर्ड चार्टर्ड बैंक खेलिने आयोजक नेपाल राष्ट्र बैंक अतिरिक्त क्रियाकलाप समितिले जनाएको छ ।

 

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »